चितवन–सत्तारुढ नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला चितवनमा सुरु भएको छ। प्रधानमन्त्री एवंपार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गरेको भेलामा तीन सय प्रतिनिधि सहभागी छन्।भेला 'संविधान र भावी कार्यदिशा' नामक कार्यपत्र पेश गरिएको छ। कार्यपत्र ६ वटा भाषामा प्रकाशित गरिएको छ। मैथिली, भोजपुरी, अवधलगायत ६ भाषामा कार्यपत्र प्रकाशन गरिएको छ। भेलामा सबै केन्द्रीय सदस्य, सांसद, जिल्ला अध्यक्ष तथा तराइका जिल्ला कमिटीका पदाधिकारीको सहभागीता रहेको छ।
भेलामा सबै सहभागीलाई गम्छा वितरण गरिएको छ। नाकाबन्दीका कारण गम्छा चितवनमा नपाएपछि भैरहवाबाट ल्याइएको एमालेले जनाएको छ।
भेलामा सबै सहभागीलाई गम्छा वितरण गरिएको छ। नाकाबन्दीका कारण गम्छा चितवनमा नपाएपछि भैरहवाबाट ल्याइएको एमालेले जनाएको छ।