काठमाडौं— नयाँ संविधान समावेशी नभएको भन्ने मधेसवादी दलहरुको जिकिर गरिरहँदा सरकारले संविधानमा भएका व्यवस्था प्रचार गर्न आजदेखि एक महिने संविधान अभियान थालेको छ। संविधानबारे भ्रम चिर्न भन्दै सरकारले यस्तो अभियान ल्याएको हो।
संविधानले व्याख्या गरेका कतिपय कुरामा जनता अस्पष्ट भएको भन्दै सरकारले एक महिने प्रचार अभियानको सुरुवात गरेको राजधानीमा कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बताए। राष्ट्रिय सभागहृमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रलायले आयोजना गरेको कार्यक्रमलाई उनले दीप प्रज्ज्वलन गरेर संविधान प्रचार अभियानको सुरुवात गरे।

तस्विर: दीपेश श्रेष्ठ
'संविधानका ३०८ वटा धारामध्ये कुनै पनि जनतालाई वा समूहलाई भेदभाव हुने किसिमका छैनन्,' उनले उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै भने, 'तैपनि कहीँकतै भ्रम छ मधेसले केही पाएन भन्ने। यस्ता भ्रमलाई बुझाउनुपर्छ ।'
संविधानलाई उपलब्धि नै होइन भन्दै आन्दोलन भएको कुरालाई जनाउँदै प्रधानमन्त्रीले सबै जनता स्पष्ट हुन जरुरी रहेको बताए। यसै कारणले गर्दा जनताको संविधान जनतामाझ नै लैजान लागेको उनले बताए।
संविधान जारी भएको साढे २ महिना बढी भएको अवस्थामा सरकारले 'जनताको संविधान, जनताकै माझमा' भन्दै एक महिने प्रचार गर्न लागेको हो।
कार्यक्रममा एमाअाेवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस महामन्त्री कृष्ण सिटाैला लगायतकाे उपस्थिति थियो।

संविधानले के दिएको छ बुझाउनुपर्छ