काठमाडौं- मधेस आन्दोलनका मागबारे दुवै पक्षबाट 'निर्णायक' बनाउने भनिएको वार्ता सुरु नै नभई स्थगित भएको छ। वार्तामा सहभागी हुन बालुवाटार हिँडेका मधेसी दलका शीर्ष नेता अचानक बाटो मोडेर लैनचौरस्थित भारतीय दूतावास छिरेपछि शुक्रबार साँझ तय गरिएको वार्ता स्थगित भएको हो।
सरकारले बिहीबारै मधेसी मोर्चासँग शुक्रबार निर्णायक वार्ता गर्ने निर्णय लिएको थियो। सोहीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले मोर्चाका नेतासँग टेलिफोनमा छलफल गरी साँझ ५ बजेको समय निर्धारण गरेका थिए।
सोहीअनुसार प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादी शीर्ष नेता बालुवाटार पुगेका थिए। तर मोर्चा आबद्ध कुनै पनि दलका नेता बालुवाटार गएनन्। त्यही समय उनीहरु भारतीय दूतावास पुगेको खबर आएपछि बालुवाटारको प्रतीक्षा सकिएको थियो।
'शुक्रबार साँझ ५ बजे बैठक राख्ने विषयमा प्रधानमन्त्रीले महन्थ ठाकुर र उपेन्द्र यादवसँग छलफल गरेर समय निर्धारण गर्नुभएको हो,' प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले भने, 'त्यसपछि अन्य दलका नेतालाई जानकारी गराइएको हो।'
मोर्चासँग शनिबारै वार्ताका लागि प्रयास भइरहेको उनले जानकारी दिए पनि मधेसी नेताहरु दूतावासबाट फर्कंदा वार्ताअघि दिल्ली जाने सन्देश फैलिइसकेको थियो।
तीन दलको बैठक चलिरहँदा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीलाई फोन गर्दै बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएका थिए।
'वार्ता र गोली सँगसँगै जान सक्दैन,' सर्लाहीमा रहेका सद्भावना अध्यक्ष राजेन्द्र महतोले नागरिकसँग भने, 'सरकारी रबैया ठिक भएन।' बिहीबार सर्लाहीको नवलपुरमा मधेसी मोर्चाको सभामा गोली चलाइएको भन्दै उनले वार्तामा नआउने खबर गरेका थिए।
गोली चल्दा नजिकै एक महिलालाई हृदयघात भएको र उनको शुक्रबार बिहान निधन भएको थियो।
वार्ताबारे प्रधानमन्त्री ओलीले फोन गर्दा अध्यक्ष यादवले नवलपुर घटनाबारे असन्तुष्टि जनाए पनि उनले वार्तामा सहभागी हुने प्रतिबद्धता जनाएको बालुवाटार स्रोत बताउँछ।
वार्ताबारे परामर्श गर्न दूतावास पुगेका नेताहरु जारी आन्दोलनबारे भारतीय नेतालाई जानकारी गराउने उद्देश्यले दिल्ली जाँदैछन्। १ सय १० दिनदेखि जारी आन्दोलनबारे सरकारले नयाँदिल्ली पुगेर भ्रम फैलाएको आरोप लगाउँदै भारतीय नेतालाई भेटेर त्यसलाई हटाउने सद्भावना अध्यक्ष महतोले बताए।
'सरकारले दिल्ली पुगेर भ्रम छर्ने काम गरेको छ। मोर्चाका नेता त्यसलाई चिर्न दिल्ली जाने योजना छ,' महतोले शुक्रबार राति नागरिकसँग भने, 'मोर्चाका साथीसँग छलफल गरेर भोलि वा पर्सि भ्रमणको समय तोकिन्छ।'
स्रोतका अनुसार मधेसी शीर्ष नेता र प्रतिनिधि आइतबार दिल्ली जाने लगभग निश्चित छ।
मोर्चासँग वार्ता नभएपछि सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलका नेता बालुवाटारमा तीनबुँदे सहमति गर्दै बाहिरिएका थिए।
बैठकले सुशील काइराला नेतृत्व सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव अघि बढाउने, प्रदेश सीमांकन विवाद समाधान गर्न दलीय प्रतिनिधि सम्मिलित समिति गठन गर्ने र सरकारमार्फत मधेसी मोर्चालाई आन्दोलन छाडेर वार्तामा आउन पुनः आग्रह गर्ने निर्णय गरेका छन्।
आन्दोलनरत मधेसी मोर्चाले ११ बुँदे माग राखेपछि सत्तारुढ र विपक्षी दलले तीनबुँदे सहमति गर्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
उनीहरुले कोइराला नेतृत्व सरकारले समानुपातिक समावेशी सहभागिता, जनसंख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने गरी संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराएको थियो।
'सविधान संशोधन प्रस्ताव अघि बढाउनु पूर्व मधेसी मोर्चासँग त्यसको विषयवस्तुबारे छलफल हुनेछ,' एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीसँग भने।
बैठकबाट बाहिरिएका पूर्वप्रधानमन्त्री माधव नेपालले भने मधेसी मोर्चाले नआए पनि संविधान संशोधन प्रस्ताव अगाडि बढाउने जानकारी दिएका थिए।
बैठकमा पूर्वप्रधानमन्त्री नेपालले आन्तरिक विषयमा कुनै पनि नेताले विदेशीसँग वार्ता नगर्ने प्रतिबद्धता गर्नुपर्ने बताएका थिए।
आन्तरिक विषयमा घरभित्रै छलफल गर्नुपर्छ। विदेशीलाई संलग्न गराउने होइन। आफैं गर्ने प्रतिबद्धता आज हामी सबैले गरौं,' बैठकमा सहभागी भएका एक नेताले नागरिकसँग भने।
बैठकमा नेताहरुले भारतीय विदेश मन्त्री सुषमा स्वराजले संविधान निर्माणअघि भारत भ्रमणमा गएका चार नेता पुष्पकमल दाहाल, शेरबहादुर देउवा, बाबुराम भट्टराई र विद्या भण्डारीले प्रतिबद्धताअनुसार काम नगरेको भन्दै दिएको अभिव्यक्तिमा स्पष्टीकरण लिएका थिए। दाहालले त्यस्तो कुनै आश्वासन नदिएको भन्दै प्रतिवाद गरेका थिए।
'भारतीय विदेशमन्त्रीले नाकाबन्दी गरेको छैन भनेर भन्दै आउनुभएको छ। त्यो हो त?' दाहाललाई उद्धृत गर्दै एक नेताले भने।
शुक्रबारको बैठकमा प्रधानमन्त्री ओली, एमाले नेता नेपाल, उपाध्यक्ष तथा उपप्रधानमन्त्री भीम रावल, महासचिव ईश्वर पोखरेल, कानुनमन्त्री अग्नि खरेल, कांग्रेस सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह, रामशरण महत, राप्रपा नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापा, मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र महामन्त्री जितेन्द्र देवको सहभागिता थियो।