काठमाडौं- नेकपा एमालेको स्थायी कमिटी बैठकले पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई स्थायी कमिटी सदस्यमा मनोनित गरेको छ। उपाध्यक्ष तथा स्थायी कमिटी सदस्य विद्या भण्डारी राष्ट्रपतिमा चुनिएपछि रिक्त भएको पदमा नेम्वाङलाई मनोनित गरेको पार्टीका उपमहासचिव घनश्याम भुषालले जानकारी दिए।
त्यस्तै वरिष्ठ नेता माधवकुमार नेपाललाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिइएको छ। नीति अध्ययण प्रतिष्ठानमा भने अर्का वरिष्ठ नेता झलनाथ खनाललाई बनाइएको छ। नेपाल र खनाल दुबैले विदेश विभाग प्रमुख बन्नुपर्ने दाबी गर्दै आएका थिए।
त्यस्तै बैठकले पूर्वाञ्चल अनुगमन गर्ने जिम्मा भीम आचार्यलाई दिएको छ।
बैठकले आज साँझ हुने मधेसी मोर्चाको वार्ता तीन दलले गर्ने निर्णयअनुसारै हुने जनाएको छ। तीन दलको बैठक आज ४ बजे हुँदैछ।
बैठकले सुशील कोइराला नेतृत्वको सरकारले दर्ता गरेको संविधान संसोधन विधेयकलाई अगाडि बढाउने निर्णयसमेत गरेको भुषालले जानकारी दिए।