'तीर्थयात्रा' भन्दै परराष्ट्रमन्त्री अचानक भारततिर
१४ मंसिर २०७२
•
७ मिनेट पाठ
'तीर्थयात्रा' भन्दै परराष्ट्रमन्त्री अचानक भारततिर
काठमाडौं- उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा अचानक सोमबार भारत भ्रमणमा निस्केका छन्। उनको भारत भ्रमणको 'डिटेल' बारे परराष्ट्र मन्त्रालय नै बेखबर छ। यसैकारण पनि मन्त्री थापाले आफ्नो भारत भ्रमणलाई 'तीर्थ यात्रा' बताउँदै सोमबार दिउँसो ४:२० बजे जेट एयरवेजको उडानमा त्यसतर्फ प्रस्थान गरेका हुन्।

भारत भ्रमणको उद्देश्य र त्यहाँ उनले क–कससँग राजनीतिक भेटवार्ता गर्छन् भन्नेबारे परराष्ट्र मन्त्रालयलाई समेत जानकारी गराइएको छैन। मन्त्रीको भ्रमण निजी भए पनि मन्त्रालयले भने भ्रमणका विषयमा सोमबार विज्ञप्ति जारी गरेको छ।

गोलमटोल शैलीमा जारी गरिएको दुई लाइनको विज्ञप्तिमा लेखिएको छ, 'उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाज्यूले नोभेम्बर ३० देखि डिसेम्बर २ (तीन दिन) भारत भ्रमण गर्दै हुनुहुन्छ। भ्रमणका बेला उहाँले नेता, राजनीतिज्ञ, विभिन्न क्षेत्रमा ख्याति कमाएका प्रतिष्ठित व्यक्तिलगायतका महŒवपूर्ण व्यक्तिहरु भेटघाट गर्नु हुनेछ।' विज्ञप्तिमा मन्त्री थापा भारतको कुन सहरमा जाने हो, को कोसँग भेट गर्ने हो, केही खुलाइएको छैन।

डेढ महिनाअघि उपप्रधान तथा परराष्ट्रमन्त्रीका रूपमा उनले भारत भ्रमण गरेका थिए। तीन दिने भ्रमण सकेर उनी गत अक्टोबर १९ मा नेपाल फर्केका हुन्। भारत भ्रमणको डेढ महिना बित्न नपाउँदै अचानक 'तीर्थयात्रा' का लागि भन्दै थापा भारत प्रस्थान गर्दा थप शंका उब्जिएको छ।

स्रोतका अनुसार तीन दिने भारत भ्रमणलाई 'तीर्थयात्रा' बताइए पनि खासमा उनी द आर्ट अफ लिभिङका संस्थापक तथा भारतीय आध्यात्मिक गुरु रविशंकरलाई भेट्न गएका हुन्। रविशंकरसँग उनले 'हिन्दु राष्ट्र' र 'राजतन्त्र' का विषयमा छलफल गर्नेछन्। रविशंकरले नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत अन्य राजनीतिक नेतृत्वसँग भेटघाटको तारतम्य मिलाइदिने स्रोतले बतायो।

मन्त्री थापाको मोदीसँग पहिलो भेट गराउने तारतम्य पनि यिनै भारतीय आध्यात्मिक गुरु रविशंकरले गरेका थिए। रविशंकरको बंैगलोरमा ठूलो आश्रम छ। नेपालमा पनि उनका थुप्रै अनुयायी छन्। अहिले मन्त्री थापा उनै रविशंकरको निम्तोमा भारत गएका हुन्।

थापानिकट स्रोतका अनुसार दुई वर्षअघि पनि यसैगरी रविशंकरको निम्तोमा उनी भारतको बैंगलोर पुगेका थिए, जति बेला हालका भारतीय प्रधानमन्त्री मोदी गुजरात राज्यका मुख्यमन्त्री थिए। हरेक वर्ष दसैंको अष्टमीका दिन बैंगलोरमा ठूलो महोत्सव हुन्छ। त्यतिबेला रविशंकरले थापालाई त्यही महोत्सवमा प्रमुख अतिथिको रूपमा निमन्त्रणा गरी मोदीसँग भेटवार्ता गराएका थिए। रविशंकरले त्यतिबेला पनि अचानक निमन्त्रणा पठाएका थिए।

स्रोतका अनुसार दुई वर्षपहिले थापाको मोदीसँग गुजरातमा भेटवार्ता भएको थियो। रविशंकरले सम्पूर्ण कुरा मिलाइदिएपछि थापा मोदीसँग भेटवार्ता गर्न बैंगलोरबाट एक्लै गुजरात पुगेका थिए। 'यो मन्त्रीज्यूको निजी भ्रमण हो, जुन ६ महिनाअघि नै तय गरिएको थियो, उहाँ आध्यात्मिक गुरु रविशंकरको निमन्त्रणामा एक अनौपचारिक कार्यक्रममा सहभागी हुन जानुभएको हो,' उपप्रधान तथा परराष्ट्रमन्त्री थापाका स्वकीय सचिव दामोदर वाग्लेले नागरिकलाई बताए।

मन्त्री थापा दिल्लीमा आधा घन्टाको ट्रान्जिटपछि सोमबार नै बैंगलोर पुगेका छन्। मंगलबार बिहान उनले आध्यात्मिक गुरु रविशंकरसँग भेटघाट गर्ने कार्यक्रम छ। स्वकीय सचिव वाग्लेले भने, 'आध्यात्मिक गुरु रविशंकरसँग विधि–प्रक्रियाअनुसार नेपाललाई हिन्दु राष्ट्र कायम गर्ने र राजतन्त्र पुनर्स्थापना गर्ने विषयमा छलफल हुन्छ। कसैको आशीर्वादबाट होइन, हामी जनताबाट यी कुरा अनुमोदन गर्न चाहन्छौं।'

बैंगलोरमा आध्यात्मिक गुरु रविशंकरसँग विविध विषयमा छलफल हुनेछ। स्रोतका अनुसार दुई महिनादेखि नेपालमाथि लगाइँदै आएको नाकाबन्दी हटाउने विषयमा पनि रविशंकरसँग कुराकानी हुनेछ। मन्त्री थापाले रविशंकरलाई नाकाबन्दी हटाउनका लागि मोदीलाई दबाब दिन लगाउने बुझिएको छ। रविशंकरसँगको भेटघाटपछि मात्र मोदीसँग भेट हुने/नहुने टुंगो लाग्ने स्रोतले बतायो।

मन्त्री थापा स्थानीय समयअनुसार बैंगलोरबाट मंगलबार दिउँसो ४ बजे राजधानी नयाँदिल्ली आइपुग्ने छन्। नयाँदिल्लीमा कोसँग भेटवार्ता गर्ने भन्ने सोमबार साँझसम्म टुंगो लागेको छैन। आफ्नो भ्रमण सम्बन्धमा भने मन्त्री थापाले काठमाडौंस्थित भारतीय दूतावासमार्फत भारत सरकारलाई जानकारी गराएका छन्। 'अहिलेसम्म नयाँदिल्लीमा कोसँग भेटवार्ता गर्ने भन्ने टुंगो लागेको छैन। हामीले भारतीय दूतावासमार्फत भारतलाई भ्रमणबारे जानकारी गराएका छौं। कसैले भेट्न चाहेको खण्डमा मन्त्रीज्यूसँग भेटवार्ता हुन्छ,' स्वकीय सचिव वाग्लेले भने। मन्त्री थापाको बुधबार साँझ स्वदेश फर्कने कार्यक्रम छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस