काठमाडौं— भारतीय तल्लो सदन लोकसभामा नेपाल विषयले प्रवेश पाएको छ। सोमबारदेखि सुरु भएको हिउँदे अधिवेशनको पहिलो दिन बोल्ने सांसदहरुले नेपालमा किन भारतविरोधी भावना बढिरहेको भनेर सवाल गरेका हुन्।कंग्रेस सांसद एम भिरप्पा मोली लगायतले मूल्य वृद्धि तथा नेपालमा भारतविरोधी भावना बढेकोबारे संसदमा सवाल उठाएका हुन्।
भारतीय अनलाइन फस्र्टपोस्र्टका अनुसार सांसदहरुले सवाल उठाए पनि सभामुख ती विषय संसदको कार्यसूचिमा नरहेको भनेर ती विषयलाई अघि बढ्न रोकेकी थिइन्।
नरेन्द्र मोदी सरकारले नेपालमाथि अमानवीय नाकाबन्दी गरेको तथा आन्तरिक मामिलामा हस्तक्षेप गरेको भनेर भारतमा चर्को आलोचना हुँदै आएको छ। यही सन्दर्भमा संसद अधिवेशनमा नेपाल विषयबारे विपक्षी दलका सांसदहरुले संसदमा कुरा उठाएका हुन्।