काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पेट्रोलियम पदार्थको संस्थागत कालोबजारीमा उत्रेका नेपाल आयल निगम उच्च अधिकारीलाई एक साताभित्र कारबाही नभए आफैंले कारबाही गर्ने जनाएको छ।महँगो मूल्यमा इन्धन बेच्न निगमकै उच्च अधिकारीको मिलेमतो भएर बजारमा कालोबजारी मौलाएकाले दोषीको तत्काल पहिचान गरी कारबाही गर्न वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिँदै आयोगले सो चेतावनी दिएको हो। 'निगम, वाणिज्य विभाग, डिपो प्रमुख तथा मन्त्रालयकै अधिकारी कालोबजारीमा लागेर मोटो रकम कुम्ल्याउन थालेका छन्,' अख्तियार प्रवक्ता कृष्णहरि पुस्करले नागरिकसँग भने, 'सीमित मान्छेले पूरै बजार 'होल्ड' गराएर कालोबजारी गर्दा पनि नियमक निकाय मौन बसेको छ। एक सातामा पनि केही प्रगति देखिएन भने आयोगले निगम, मन्त्रालय र वाणिज्य विभागका उच्च अधिकारीमाथि कारबाही गर्छ।'
आयोगले एक साताको समयसीमा भित्र 'रिजल्ट' देखाउन वाणिज्य मन्त्रालय, विभाग र निगमलाई निर्देशन दिएको हो। 'जनताले महसुस गर्ने गरी कारबाही भएन भने नियामक निकायमाथि हामी कारबाही सुरु गर्छौं,' प्रवक्ता पुस्करले भने, 'आपूर्ति सहज त हुन सकेको छैन। निगमबाटै संस्थागत रूपमा कालोबजारी भएको छ। निगमबाट भएको यस्तो हर्कत रोक्न सरकारले अहिलेसम्म ठोस कदम चालेको छैन।'
उनका अनुसार आयोगले आइतबारबाटै निगम, मन्त्रालय, विभाग तथा डिपोहरूमा कर्मचारी खटाइसकेको छ। 'हामी पनि अध्ययनमा हिँडेका छौं,' उनले भने, 'कारबाही गर्ने अधिकार सम्बद्ध निकायलाई छ। तर, मन्त्रालय मौन बसे आयोगले हस्तक्षेप सुरु गर्छ।'
आयोगले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का र विभिन्न डिपो प्रमुखको फाइल अध्ययन गरिरहेको छ। ती सबैलाई जनताले थाहा पाउने गरी कारबाही गर्ने प्रवक्ता पुस्करले बताए। 'संकटका बेला जनतालाई मारेर देश लुट्नेलाई कारबाही हुन्छ,' उनले भने, 'आयोगले कसैलाई काखा र कसैलाई पाखा गर्दैन।'
आयोगमा निगमकै अधिकारीको मिलेमतोमा इन्धन कालोबजारी भएको, वाणिज्य विभागले व्यापारीसँग मिलेमतो गरेर अनुगमन नगरेको भन्ने उजुरी परेको छ। त्यस्ता कर्मचारीलाई सरकारले छानबिन गरेर दोषीमाथि कारबाही गर्नुपर्ने आयोगले जनाएको छ।
'बजार अनुगमन उपभोक्तासम्म पुगेन, अहिलेसम्म दोषीको पहिचानसमेत हुन सकेन,' पुस्करले निर्देशन दिने क्रममा भनेका थिए, 'सके काम गर्नुपर्यो , नभए हात उठाएर सक्दिनँ भन्नुपर्योप। तपाईंहरूले नसक्ने भए हामी गरेर देखाउँछौं।'
वाणिज्य विभागका महानिर्देशक, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गृह, आयल निगमलगायत कार्यालयका प्रवक्ता, काठमाडौं उपत्यकाका तीनवटै प्रशासन एवं सुरक्षा निकायका प्रमुख उपस्थित कार्यक्रममा प्रवक्ता पुस्कर चौतर्फी कालोबजारी मौलाउँदा पनि सरकारी निकाय प्रभावहीन देखिएको भन्दै आक्रोशित बनेका थिए।
'निगमलगायत सरकारी तहबाटै कालोबजारीलाई संरक्षण हुँदै आएको छ। यसैका कारण सरकारको नियन्त्रणबाट बजार कालोबजारीको हातमा पुग्ने खतरा बढ्यो,' उनले भने, 'तत्काल दोषीमाथि कारबाही नगरे आयोग प्रवेश गर्छ।'
'काठमाडांैका चोकचोकमा पुगेर हेर्नुपर्यो , गाडीहरूको जाम छ,' उनले भने, 'सरकारले उपभोक्तालाई ग्यास र मट्टीतेल पुर्याठउन सकेको छैन, ५ सय रुपैयाँमा सहजै पेट्रोल पाइन्छ। यो कसरी सम्भव भयो?'
कालोबजारीमा खड्काको संग्लनता देखिएपछि वाणिज्य मन्त्रालयले उनलाई कारबाहीको तयारी गरेको छ। निगम सञ्चालक समितिले गत शुक्रबार निगाका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई दुईदिने लिखित स्पष्टीकरण मागेको छ।
आयोगले पनि खड्कामाथि छानबिन भइरहेको बताएको छ। 'यो केस प्रारम्भिक अवस्थाबाट विस्तृत अनुसन्धानमा पुगेको छ, के के भइरहेको छ अहिले भन्न मिल्दैन,' आयोग प्रवक्ता पुस्करले भने। निजी पेट्रोल पम्पलाई इन्धन दिन तोक आदेश दिएको लगायतका विभिन्न अनियमितताको आरोपमा आयोगले उनीमाथि छानबिन गरिरहेको छ।
आयोगले पेट्रोलियम पदार्थमा कालोबजारी भएको गुनासो आएपछि सरोकारवाला निकायलाई अवगत गराउँदा पनि ठोस प्रगति नभएको बताएको छ। 'फलानो–फलानो ठाउँमा बदमासी भयो भनेर सम्बन्धित निकायमा जानकारी गराएर अनुगमन गर्न निर्देशन दियौं, त्यसपछि वाणिज्य विभाग गृहमन्त्रालय र नेपाल प्रहरी सक्रिय भए पनि त्यो पर्याप्त छैन,' उनले भने।
आयोगले कालोबजारीमा सरकारी निकायको पनि संलग्नता रहेको उजुरी परेको पनि बताएको छ। सरकारी पेट्रोल पम्पबाटै वितरणमा अनियमितता भएको, कालोबजारीमा निगमको संलग्नता रहेको उजुरी पनि परेको छ।
अहिले कालोबजारी भइरहेको बारेमा आफूहरूले विस्तृत अध्ययन सुरु गरेको भन्दै उनले केही समयमा प्रतिवेदन सार्वजनिक गर्ने पनि बताएका छन्। 'पेट्रोलियम पदार्थमा देखिएको संगठित अपराध बेलैमा नियन्त्रण गर्न नसके इन्धनको अवस्था सहज भएपछि पनि समस्या परिरहन्छ,' प्रवक्ता पुस्करले भने।