काठमाडौं–लामो समयदेखिको संवादहीनताको अवस्था अन्त्य गर्दै प्रधानमन्त्री केपी ओलीले सोमबार विहान आन्दोलनरत मधेसी मोर्चा, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र सत्तापक्ष दलबीचको त्रिपक्षीय वार्ता बोलाएका छन्।
आइतबार प्रधानमन्त्रीले त्रिपक्षीय बैठक आह्वान गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए। मधेसी दलको आह्वानमा विगत एकसय दिनभन्दा बढी सयदेखि भइरहेको आन्दोलनको निकास खोज्न प्रधानमन्त्रीले बैठक बोलाएका हुन्। शनिबार प्रधानमन्त्री ओलीसँगको भेटमा उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयाेजक एवं एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले त्रिपक्षीय बैठक बोलाउन आग्रह गरेका थिए।
अान्दाेलनरत मधेसी माेर्चाले सरकार वार्ताप्रति गंभीर नभएकाे अाराेप लगाइरहेका बेला प्रधानमन्त्रीले त्रिपक्षीय वार्ता अाह्वान गरेका हुन्। मधेसी माेर्चाले नेपाली कांग्रेससहित वार्ता टाेलीमा सहभागी हुनुपर्ने माग गर्दै अाएकाे छ। तर कांग्रेसले भने सरकारी वा उच्चस्तरीय राजनीतिक समिति अन्तर्गतकाे वार्ता टाेलीमा सहभागी नहुने अडान राख्दै अाफ्नै पहलमा मधेसकाे समस्या समाधान गर्ने बताएकाे छ। केही दिनदेखि एमाअाेवादी अध्यक्ष दाहालले मधेसी माेर्चाका नेता, प्रमुख प्रतिपक्ष दल कांग्रेस र सत्तापक्षका नेतासँग अनाैपचारिक छलपफल जारी राखेका थिए।
सीमाकंन, जनसंख्याका अाधारमा निर्वाचन क्षेत्र तथा समानुपातिक समावेशिकरणकाे माग राख्दै सयदिनभन्दा बढी समयदेखि मधेस केन्द्रित दल अान्दाेलनमा छन्। सरकारले संविधान संशाेधनमार्फत समस्याकाे समाधान गर्ने बताउँदै अाएपनि निकास भने निस्किन सकेकाे छैन्।