काठमाडौं- उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चाँडै त्रिपक्षीय वार्ता बोलाउन आग्रह गरेका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार दिउँसो भेट्दै दाहालले सत्तारुढ दल, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र आन्दोलनरत पक्षको बैठक बोलाउन आग्रह गरेका हुन्।'मधेस तथा थारुहरुको आन्दोलनलाई चाँडै सम्बोधन गरेर निकास दिन आवश्यक भन्दै त्यस विषयमा प्रधानमन्त्रीलाई गम्भीर प्रयास गर्न आग्रह गर्नुभएको छ,' दाहालका स्वकीय सचिव चुडामणि खड्काले नागरिकसँग भने, 'प्रधानमन्त्रीले यसलाई गम्भीरतासाथ लिँदै वार्तामा आन्दोलनरत पक्षलाई चाँडै बोलाउने हुनुभएको छ।'
खड्काका अनुसार प्रधानमन्त्री ओली यस्तो वार्ता बोलाउन सकारात्मक छन्।
आन्दोलनरत मधेसी मोर्चाले सरकार र त्यसपछि प्रमुख दलसँग वार्ता गरे पनि उनीहरुको मागबारे ठोस परिणाम निस्कन सकेको छैन।
संविधानप्रति असन्तुष्टि जनाउँदै आएका मधेसवादी दलहरुको आन्दोलनका कारण मध्यतराईका जिल्ला प्रभावित हुँदै आएका छन्।
एक सय दिनभन्दा बढी समयदेखि जारी आन्दोलनका कारण तराई क्षेत्रको जनजीवन नराम्रोसँग प्रभावित बनेको छ तर अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीसँग छलफल गर्नुअघि कांग्रेस सभापति सुशील कोइरालासँग छलफल गरेका थिए।
पार्टी बैठकका लागि दस्तावेज लेख्ने काम छाडेर नेपाली कांग्रेस सभापति कोइरालाको निवास महाराजगन्ज पुगेका अध्यक्ष दाहालले प्रमुख तीन दलबीच मधेस, थारु र भारतीय नाकाबन्दीबारे साझा धारणा बनाएर अघि बढ्नुको विकल्प नभएको बताएका थिए।
'अहिलेको अवस्थामा राष्ट्रिय हितको विषयलाई ध्यानमा राखेर मिलेर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो,' खड्काले भने, 'कांग्रेसका सभापति कोइरालाले त्यसमा सकारात्मक हुनुहुन्छ।'
खड्काका अनुसार दाहालले भारतले गरेको नाकाबन्दीको बारेमा तीन दलबीच साझा धारणा बनाउनु पनि आवश्यक रहेको बताएका थिए।
'अहिलेको अवस्थामा भारतीय नाकाबन्दीका सम्बन्धमा दलहरुबीच साझा धारणा हुनुपर्ने बताउनुभएको छ,' खड्काले भने, 'नाकाबन्दीविरुद्ध भएर जानुपर्ने आवश्यकतामा जोड दिनुभएको छ।'
भारतले दुई महिनादेखि लगाएको नाकाबन्दीको कारण देशभित्र औषधि, इन्धनसहित अत्यावश्यक सामग्रीको अभाव देखिएको छ।
तीन साता लामो अमेरिका भ्रमणबाट फर्केपछि दाहालसँग भएको पहिलो भेटमा सभापति कोइरालाले भने आफ्नो नेतृत्वको सरकारले अघि सारेको संशोधन प्रस्तावलाई पारित गर्न जाँदा राम्रो हुने धारणा राखेका थिए।
'अध्यक्षले भने सो प्रस्ताव पर्याप्त नभएको र आन्दोलनरत पक्ष मधेसी मोर्चाको स्वामित्वमा हुने गरी माग सम्बोधन गरेर जानुपर्ने धारणा राख्नुभयो,' खड्काले भने, 'मधेसी मोर्चाले पनि त्यसलाई अस्वीकार गरिसकेको विषय भएको बताउनुभएको छ।' कोइराला नेतृत्वमा सरकारले मधेस आन्दोलनको प्रमुख मागका रुपमा रहेको निर्वाचन क्षेत्र निर्धारण जनसंख्या र भूगोलका आधारमा गर्न र सरकारी निकायहरुलाई नियुक्तिहरु समानुपातिक समावेशी बनाउनेसम्बन्धी प्रस्ताव छ।
तर मधेसी मोर्चाले कोइराला नेतृत्वको सरकारले ल्याएको संशोधन प्रस्ताव आफ्नो माग सम्बोधन गर्ने गरी पर्याप्त नभएको बताउँदै आएका छन्।
यसैबीच उपप्रधान तथा रक्षामन्त्री भीम रावलले देशभित्रको आन्तरिक विषयको माग पूरा गराउँदा कुनै पनि बाह्य हस्तक्षेप नहोस् भन्ने पक्षमा रहेको बताएका छन्।
रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा रावलले सरकारले वार्ताका लागि राखेका सर्त पूरा गरेको भन्दै आन्दोलनकारी पक्षले पनि आन्दोलनको स्वरुपमा परिवर्तन गर्नुपर्ने बताए।
'औषधि बोकेको ट्रकलाई बम हान्नुभएन, एम्बुलेन्सबाट जाँदै गरेको बिरामीमाथि आक्रमण गर्नुभएन र भूपरिवेष्टित मुलुकले प्राप्त गर्ने पारवहन अधिकारमाथि हनन हुने गरी नाका अवरोध गर्ने कुनै पनि गतिविधि गर्नुभएन,' रावलले भने।