काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अबरोधका कारण संसद बैठक स्थगित भएको छ। बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले आफूले बोल्न पाउनुपर्ने भन्दै सभामुखसँग समय मागेका थिए।तर सभामुख ओनसरी घर्तीले कांग्रेस सांसदलाई समय नदिए संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई बोल्ने समय दिएपछि कांग्रेस सांसदले होहल्ला गरेका थिए। उनीहरुले प्रमुख प्रतिपक्ष दललाई बोल्न नदिइ अन्य दललाई दिनु संसदीय परम्परा विपरित भएको भन्दै कांंग्रेसले सभामुखले गल्ती गरेको बताएका थिए।
सभामुखले यादवलाई बोल्ने समय दिएपछि कांग्रेस सांसदले होहल्ला गरेपछि यादवले बोल्न पाएनन्। कांग्रेस सांसद विमलेन्द्र निधीले कार्यव्यवस्था समितिको बैठकमा पनि बैठकमा पहिला कांग्रेस सांसदले बोल्ने सहमति भएको बताए। 'संसदीय परम्परामा पहिला प्रमुख प्रतिपक्ष दललाई बोल्न दिने परम्परा छ,' उनले भने,' तर सभामुखले नियम मिचेर हामीलाई बोल्ने समय नदिएपछि अबरोध गरेका हौं।'
कांग्रेसले संविधान संशोधन विधेयक अगाडि बढाउन र पुननिर्माण विधेयक पारित गरी पुर्न निर्माणको काम थाल्न दबाब दिने तयारी गरेको उनले बताए। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ता पक्ष र प्रतिपक्ष मिलेर मधेसी मोर्चाका माग संसदमा समेत राख्न नदिएको आरोप लगाए। संसदको अर्को बैठक यही १५ गते विहान ११ बजेलाई बोलाइएको छ।