काठमाडौं- सरकारले सुनसरीको भन्टाबारीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गोली चलाउँदा चार नेपाली घाइते भएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै त्यसको यथार्थ विवरण भारतसँग मागेको छ।
सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय दूतावासलाई पत्र पठाउँदै घटनाको जानकारी मागेको हो। 'जे भयो त्यो राम्रो भएको छैन, घटनाको अनुसन्धान गरेर यथार्थ विवरण उपलब्ध गराउनुहोस् भनी भारतीय दूतावासलाई पत्र पठाएका छौं,' परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले नागरिकसँग भने।
एसएसबीले बुधबार बिहान सुनसरीको भन्टाबारीमा प्रवेश गरी नेपाली नागरिकमाथि गोली चलाएको थियो। एसएसबीको गोली लागी अशोक यादव, मनोज यादव, सरोज यादव र नरेश यादव घाइते छन्।
घटना प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राख्दै गृह र परराष्ट्र मन्त्रालयलाई यथार्थ विवरण माग्न निर्देशन दिएका थिए। प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले भने, 'घटना कसरी भएको हो, किन भएको हो, वास्तविकता के हो बुझ्न प्रधानमन्त्रीज्यूले गृह र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिनुभएको थियो।'
केही दिनअघि वीरगन्जमा मधेसी मोर्चाको हिंसात्मक आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा एक भारतीय नागरिक मारिएका थिए। आफ्ना नागरिक नेपाली भूमिमा मारिएपछि त्यही दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी ओलीलाई टेलिफोन गरी घटनाको विवरण मागेका थिए। 'बुधबारको घटनालाई लिएर प्रधानमन्त्री ओली र उहाँका भारतीय समकक्षीबीच टेलिफोनमा कुराकानी भने भएको छैन,' दाहालले भने।
बुधबार नै राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री शक्ति बस्नेतले नेपाली भूमिमा आएर एसएसबीले नेपालीमाथि गोली चलाएको सुनाउँदै घटनाको जानकारी भारतसँग मागिने बताएका थिए।
आफ्नो नेटवर्कबाट घटनाको सम्पूर्ण विवरण बुझेपछि गृह मन्त्रालयले परराष्ट्रलाई पत्र पठाई कूटनीतिक तवरबाट घटनाको यथार्थ भारतसँग माग्न भनेको थियो। 'एसएसबीले नेपाल प्रवेश गरी नेपालीमाथि गोली चलाएको घटनाप्रति हामीले गम्भीर आपत्ति जनाएका छौं,' गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले भने, 'घटना कसरी घट्यो भन्ने सम्बन्धमा कूटनीतिक च्यानलमार्फत विस्तृत विवरण माग्न परराष्ट्रलाई पत्र पठाएका छौं।'