झापा-झापा, मोरङ र सुनसरी जिल्लालाई प्रदेश नम्बर १ बाट अलग नगर्न माग गर्दै प्रमुख दलहरुले झापामा पनि दबाब अभियान थालेका छन् । सोमबार विर्तामोडमा'खबरदारी सभा' र जुलुस प्रदर्शन गर्दै दलहरुले यी तीन वटै जिल्लालाई १ नम्बर प्रदेशमै राख्न माग गरेका हुन् ।
प्रादेशिक सीमानामा परिवर्तन लगायतका मागसहित सय दिनभन्दा बढी समयदेखि मधेस आन्दोलन जारी छ । संयुक्त मधेसी मोर्चा झापा, मोरङ र सुनसरीलाई प्रदेश नम्बर २ मा गाभ्नुपर्ने मागमा छन्। त्यसो त लिम्बूवानवादी
दलहरुले पनि यी तीन जिल्लामा आफ्नो दाबी राखेकै छन् । तर, मधेसी मोर्चा र लिम्बूवानले चाहिँ 'आपसी सहमतिमा सीमा निर्धारण गर्ने' सम्झौता गरेका छन् । मोर्चाको आन्दोलन उत्कर्षमा रहेकै बेला सत्तारुढ एमाले, एमाओवादी, राप्रपा नेपाल तथा मुख्य विपक्षी काँग्रेसले झापामा संयुक्त दबाब अभियान थालेका हुन् । ती दलका सांसद, केन्द्रीय नेता तथा जिल्ला तहका नेता–कार्यकर्ताको उपस्थितिमा आयोजित सभा र जुलुसमा तीन जिल्ला एक
नम्बरमै राख्न, संविधानसभाको ९० प्रतिशत मतको भावना अनुसार अघि बढ्न आह्वान गरिएको थियो ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा सांसद् रबिन कोइराला, मनकुमार गौतम, काँग्रेस सांसद् सुधिर शिवाकोटी, जिल्ला नेताहरु चिन्तन पाठक, उद्धव थापा, राजु आचार्य, टिकाराम खरेल लगाययतले 'झापा, मोरङ सुनसरी प्रदेश नम्बर एकमै राख्न' माग गरेका थिए ।