सरकार सुस्त भो : विपक्षी दल
०६ मंसिर २०७२
•
७ मिनेट पाठ
सरकार सुस्त भो : विपक्षी दल
काठमाडौं- विपक्षी राजनीतिक दलले सरकारको कामकारबाही ढिलासुस्ती भएको भन्दै आलोचना गरेका छन्। व्यवस्थापिका संसद बैठकमा आइतबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको खुलेरै आलोचना गर्यो भने सरकार बाहिर रहेका अन्य दलले गृहमन्त्रीको राजीनामा माग गर्दै वेल घेराउ गरे।

संसदमा साना राजनीतिक दलका सांसदहरू पनि सरकारको ध्यानाकर्षणका लागि बोल्न पाउनुपर्ने माग गर्दै आआफ्नो स्थानबाट उठेका थिए। तर उनीहरूले मौका पाएनन्।

सरकार गठन भएको डेढ महिना नपुग्दै विपक्षी नेपाली कांग्रेसले सरकार नै कालोबजारीमा लागेको, समानान्तर अर्थव्यवस्था चलाएको, पुरानो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गरी आफूखुसी गरेको, मधेस समस्या समाधान गर्ने पहल नगरेको, कांग्रेस नेतृत्वको सरकारले ल्याएका विधेयक अघि बढाउन तत्परता नदेखाएको भन्दै सरकारको आलोचना गरेको छ।

संसद बैठकमा आइतबार कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले विशेष समय माग्दै सरकार स्वयं कालोबजारीमा लागेको आरोप लगाए। उनले सरकारमै रहेका राजनीतिक दलले समानान्तर अर्थव्यवस्था सञ्चालन गरेको भन्दै तत्काल रोक्नसमेत माग गरे। 'जनताले चुलो बाल्नसमेत पाएका छैनन्,' पौडेलले भने, 'सरकार स्वयं कालोबजारी गरेर समानान्तर अर्थव्यवस्था चलाइरहेको छ।'

सरकारी निकायको संलग्नतामा थानकोट डिपोबाट जानाजानी कालोबजारी भइरहेको उनले आरोप गरे। 'थानकोट डिपोबाट सरकारकै संलग्नतामा सय पर्ने पेट्रोललाई चार सयमा बिक्री गरिँदैछ,' पौडेलले भने, 'तर, सामान्य जनताले केही पाएका छैनन्।'

उनले मुलुक आपत्तिमा परेका बेला सरकार निष्त्रि्कय भएर बसेको आरोप लगाए। 'सरकार नै गैरजिम्मेवारपूर्ण रूपमा प्रस्तुत भएको छ,' पौडेलले भने, 'आपत्तिका बेला सरकार निष्त्रि्कय रुपमा बसेको छ।'

पौडेलले अघिल्लो सरकारले ल्याएको संविधान संशोधन विधेयक प्रक्रिया छिटो अघि बढाउन आग्रह गरे। 'यसमा प्रधानमन्त्री के भन्नुहुन्छ?' पौडेलले भने, 'जति गम्भीरता देखिनुपर्ने हो प्रधानमन्त्री देखिनुभएन।'

पौडेलले विपक्षी राजनीतिक दल पनि समस्या समाधानका लागि तयार रहेको बताए। 'सरकारलाई समस्या समाधानको चासो नै छैन,' उनले भने। उनले एमालेको समेत सहभागिता रहेको अघिल्लो सरकारका पालामा भएका नियुक्तिमा समेत नयाँ सरकारले राजनीतीकरण गरेको आरोप लगाए।

'राष्ट्रबैंकमा गभर्नरको कार्यालय घेराउ गराइएको छ,' पौडेलको भनाइ थियो, 'लगानी बोर्ड, गरिबी निवारण कोष, पुनर्निर्माण प्राधिकरणमा सरकारले राजनीतीकरण गर्न खोजिरहेको छ।'

उनले आन्दोलनकारीलाई पनि अघिल्लो सरकारले ल्याएको विधेयक पारित गराउन सहयोग गर्न आग्रह गरे। 'आन्दोलनकारी हुन् कि तस्करकारी?' पौडेलको आक्रोश थियो, 'सरकार समानान्तर अर्थव्यवस्था चलाइरहेको छ भने आन्दोलनकारी पनि तस्करीमा सक्रिय छन्। यसको बीचमा हामी जनता छौं।'

उनले नाकाबन्दीले मुलुकको आपूर्ति व्यवस्थामा असहज पैदा भएको उल्लेख गर्दै आन्दोलनकारीका नाममा एम्कुलेन्स र औषधि बोकेको गाडी तोडफोड र आगजनी गरेको भन्दै आलोचना गरे।

बोल्न तँछाडमछाड

संसदमा विभिन्न राजनीतिक दलका सांसद सभामुखसँग समय माग गर्दै बोल्नका लागि तँछाडमछाड गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस बाहेक अन्य दलका सांसदहरूले बोल्नै पाएनन्।

कांग्रेसका कार्यबाहक सभापति पौडेलले धारणा राखिसकेपछि मधेसकेन्द्रित दलका सांसदले सत्तापक्षीय दल नेकपा एमाले, एकीकृत नेकपा माओवादी र राप्रपा नेपालभन्दा पहिले आफूहरूले बोल्न पाउनुपर्ने माग गर्दै उभिए। साना दलका सांसद मधेसकेन्द्रित दलभन्दा पहिले बोल्न पाउनुपर्ने माग गर्दै उभिए।

'उहाँहरू (मधेसकेन्द्रित) बोलिसकेपछि वेल घेराउका लागि उत्रिहाल्नुहुन्छ,' मधेसमा मोर्चाका कार्यकर्ताले मोसो दलेको विषयमा बोल्न खोजेका जनता दलका सांसद हरिचरण साह भन्दैथिए, 'त्यसैले मैले अहिले नै बोल्न पाउनुपर्छ।'

नेमकिपाका प्रेम सुवाल पनि आफूहरू लामो समयदेखि बोल्न नपाएको भन्दै पहिले नै बोल्न पाउनुपर्ने भन्दै उभिए। त्यतिकैमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका बाँकी सांसद पनि मधेसमा देखिएको समस्या र विभिन्न जिल्लामा नाकाबन्दीले पारेको असरका बारेमा बोल्न पाउनुपर्ने माग गर्दै उभिए।

सभामुख ओनसरी घर्तीले सबैलाई बस्नका लागि पटकपटक आग्रह गर्दै पालैपालो बोल्न दिने बताइरहेका बेला संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सांसदहरू वेल घेराउमा निस्किहाले। उनीहरूले गृहमन्त्रीको राजीनामा माग्दै सप्तरी घटनामा संलग्नलाई कारबाहीको मागसमेत गरे। उनीहरूको नाराबाजी जारी रहेपछि बिहीबार बिहान ११ बजेसम्मका लागि संसद बैठक स्थगित भएको छ।
अर्को समाचार
एमाओवादी अध्यक्ष दाहालले भने- सरकार सुस्त मनस्थितिको जस्तै
०२ भदौ २०७१
•
२ मिनेट पाठ
एमाओवादी अध्यक्ष दाहालले भने- सरकार सुस्त मनस्थितिको जस्तै
काठमाडौं-प्रमुख विपक्षी दल एनेकपा माओवादीले बाढीपीडितहरुलाई सरकारले राहत वितरण र उद्धारमा गरेको ढिलाइप्रति सदनमा आक्रोश व्यक्त गरेको छ।
सदनमा बोल्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकार सुस्त मनस्थितिको जस्तो भएको बताएका छन्। उनले सरकार निरिह भएको जनताले महसुस गरेको बताउँदै सरकारको काम गराई निकै सुस्त भएकोमा असन्तुष्टि व्यक्त गरे। दाहालले राष्ट्रिय बिपद्को घोषणा गर्नसमेत माग गरेका छन्।

अध्यक्ष दाहालले संसदमा बोल्दै सरकारले बाढी पहिरो पीडितलाई तत्कालीन, अल्पकालीन र दीर्घकालीन समस्या समाधानको विकल्प नल्याउँदासम्म सदनको कारबाही अवरुद्ध गर्ने बताए। अघिले संसद आधा घन्टाका लागि स्थगित गरिएको छ। दाहालले तत्कालै अन्तर्राष्ट्रिय निकायलाई आह्वान गरेर भए पनि भौगर्भिक अध्ययन गर्न संसदनमा माग गरेका छन्। गृहको नेतृत्वमा होइन प्रधानमन्त्रीकै तहबाट उहाँकै नेतृत्वमा प्राकृतिक प्रकोप पीडित उद्धारको संयन्त्र बनाउन जरुरी भएको दाहालको भनाइ छ। यस्तो संयन्त्र निर्माण नहुँदासम्म सदनको कारवाही अघि बढ्न नसक्ने उनले बताए।

यसबीचमा सभामुख सुभाष नेम्वाङले सत्तारुढ र विपक्षी दलबीच छलफल गरेर सहमति खोज्न आग्रह गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस