काठमाडौं-मधेस आन्दोलनको बारेमा साझा धारणा बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी दल बाहेकका दलहरुको आइतबार बैठक बोलाएका छन् ।
'मधेसको आन्दोलनको बारेमा प्रमुख दलहरुबीच समान धारणा निर्माणका लागि प्रधानमन्त्रीले भोली सर्वदलीय वैठक बोलाउनु भएको छ,' कानुन मन्त्री अग्नी खरेलले नागरिकसँग भने, 'नेपाली कांग्रेसको अनुकुल हुने गरी बैठकको समयमा निर्धारण गरिने छ ।' प्ररम्भमा बिहानको समयमा निर्धारण गरेपनि नेपाली कांग्रेसका संसदीय दलको बैठक परेपछि दिउँसो वा साँझसम्म आयोजना गर्ने तयारी भएको हो ।
नेपाली कांग्रेसले शनिबार आयोजना गरेको बैठकमा यस प्रकारको बैठक आह्वान गर्नुपर्ने विषय उठेको थियो ।