काठमाडौं- भारतीय नाकाबन्दीका कारण नेपालमा चरम इन्धन अभाव भइरहेका बेला व्यवसायिक रुपमा चीनबाट पेट्रोलियम पदार्थ अायातगर्ने सम्झौता गर्न सरकारी प्रतिनिधिमण्डल बेइजिङ जाने भएको छ।आपूर्ति मन्त्रालयका सहसचिव शम्भु घिमिरेको नेतृत्वमा ७ सदस्यीय प्रतिनिधिमण्डल शुक्रबार बेइजिङ जान लागेको हो। टोलीमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि, अर्थ, कानुन तथा नेपाल आयल निगमका पदाधिकारी पनि छन्।
चीनबाट पेट्रोलियम पदार्थ आयत गर्दा भारत ल्याउँदा भन्दा मूल्यमा खासै अन्तर नहुने आपूर्तिमन्त्री गणेश पुनले बताएका छन्। 'चीनबा आउने इन्धनको मूल्य भारतबाट आउनेभन्दा खासै फरक पर्दैन', सम्झौता गर्न प्रतिनिधि मण्डल जाने तय भइसकेपछि आपूर्तिमन्त्री गणेश पुनले नागरिकन्युजसँग भने।
'चीनबाट आउने तेलमा दोहोरो कर नलगाउन हामीले आग्रह गरिरहेका छौं। अनौपचारिक कुराकानीमा चिनियाँ पक्ष यो विषयमा सकारात्मक छ। औपचारिक हस्ताक्षर हुन बाँकी रहेको छ', मन्त्री पुनले भने।
सरकारको तहमा तेल आयात गर्न यसअघि नै चीन र नेपालबीच सम्झौता भइसकेको छ। सोही सम्झौता बमोजिम चीन सरकारले नेपाललाई १ मेट्रिक टन पेट्रोल अनुदानमा दिएको थियो।
मूल्य खासै फरक पर्दैन: मन्त्री पुन