काठमाडौं–सत्तापक्ष दलसँगको निर्णायक भनिएको वार्ता बुधबार निष्कर्षमा नपुगेपछि आन्दोलनरत मधेसी मोर्चाको भावी रणनीति तय गर्न बैठक बसिरहेको छ।संघीय समाजवादी फोरम नेपालको संसदीय दलको कार्यालय सिंहदबारमा जारी बैठकमा आन्दोलन, सरकारपक्षसँग भएको वार्ता र भावी रणनीतिमा छलफल केन्द्रित रहेको सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले जानकारी दिए।
बैठकमा यसअघि सरकार र सत्तारुढ दलसँग भएका वार्ताको विषयमा समीक्षा हुने नेताहरुले बताएका छन्। सरकारले वार्ताका नाममा आन्दोलन निस्तेज पार्न खोजेको भन्दै नेताहरुले आन्दोलनलाई अझै सशक्त बनाउनुपर्ने आवाज उठाएको महासचिव सुमनले जनाए। 'सरकारी पक्षसँग वार्ता जारी भएको र तराईमा छठ पर्व परेका कारण केही दिनदेखि आन्दोलन खुलुलो पारिएको थियो,' सुमनले भने,'सरकाले मोर्चाको माग सम्बोधन गर्नेतिर ध्यान नदिएका कारण आन्दोलन थप कडा पार्ने विषयमा छलफल हुनेछ।' तराई मधेस सद्भावना पार्टीका उपाध्यक्ष रामनरेश यादवले आन्दोलन, सरकारसँग भएको वार्ताको समीक्षा र भावी रणनीति बैठकले तय गर्ने बताए।
सीमाकंनलगायतका विषयमा असन्तुष्टि राख्दै मधेसी मोर्चाले विगत तीन महिनाभन्दा बढीसमय देखि तराई बन्द नाकाबन्दी गरिरहेकोछ। सरकारसँग यसअघि भएका वार्तापनि निष्कर्षमा पुग्न सकेको छैन। मोर्चाले विगतमा भएका सहमति कार्यान्वयन हुनुपर्ने माग अघि सारे पनि पछिल्लो समय मोर्चाले समग्र मधेसमा दुई प्रदेश हुनुपर्ने आफ्नो बटम लाइन भएको मोर्चाका नेताहरुले बताउँदै आएका छन्। बैठकमा मोर्चा आवद्ध दलका शीर्ष नेताको सहभागीता रहेको छ।