काठमाडौं–उच्चस्तरीय राजनीकि संयन्त्रले विवादित सबै विषयमा संवैधानिक तरिकाले सहमति गर्न सकिने निष्कर्ष निकालेको छ।संयन्त्रको आइतबार बसेको बैठकले आन्दोलनरत मधेसी मोर्चाका मागलाई संवैधानिक तरिकाबाटै समाधान गर्ने निष्कर्ष निकालेको समिति सदस्य एवं नेकपा संयुक्तका अध्यक्ष गणेश साहले जानकारी दिए। उनले मोर्चाले उठाएका मागका विषयमा प्रधानमन्त्रीले गर्ने सम्बोधनमा उल्लेख हुने भन्दै साहले मोर्चाले उठाएका सबै मागको विषयमा संवैधानिक तरिकाबाट पुरा गर्ने निष्कर्ष बैठकले निकालेको बताए।
संयन्त्र सदस्य एवं उपप्रधान एवं सहकारी एवं गरिवी निवारण मन्त्री चित्रबहादुर केसीले मोर्चाको माग सम्बोधन गर्न संविधान संशोधन विधेयक अगाडि बढाउने निर्णय गरेको बताए।आज तीन बजे आन्दोलनरत मधेसी मोर्चा र प्रमुख दलका शीर्ष नेताबीच वार्ता हुँदैछ। राज्य व्यवस्थाको हलमा हुने वार्तामा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता झलनाथ खनाल र परराष्ट्रमन्त्री कमल थापा सहभागी हुने भएका छन्। यसैगरी मोर्चाकातर्फबाट संघीय समाजवादी फोरमका अध्य उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर, तमसपा अध्यक्ष महेन्द्र राय यादव र सद्भाना सहअध्यक्ष लक्ष्मणलाल कर्ण सहभागी हुनेछन्।