काठमाडौं– पेट्रोलियम पदार्थबाहेकका अन्य सामग्री लिन केरुङ गएका ५७ ओटा मालबाहक कन्टेर मध्ये ३ ओटा कन्टेनरमा चिनियाँ स्याउ रसुवागढी भित्रिएको छ।विभिन्न सामग्री लिनका लागि सोमबार २७ ओटा मालबाहक कन्टेनर केरुङ गएका थिए । यसअघि ३० ओटा कन्टेनर केरुङ गरेको रसुवागढी भन्सार कार्यालयका प्रमुख केदार पनेरुले बताए।
मंगलबार बिहान भित्रिएका ३ कन्टेनर स्याउबाहेक २५ ओटा पेट्रोलका ट्यांकर पनि मंगलबार नै रसुवागढी आइपुग्ने उनले बताए । 'अनुदानबापतको पेट्रोल मध्ये २५ ट्यांकर पेट्रोल मंगलबार भन्सार जाँचपास भई नेपाल आइसक्ने छन्,' उनले भने । उनका अनुसार ट्यांकरबाहेकका मालबाहक कन्टेनरहरुमा तयारी लत्ताकपडा, जुत्ताचप्पल, इलेट्रोनिक सामानहरु नेपाल भित्रिने छन् ।
बुधबारदेखि भने ४ दिन तिहारको सार्वजनिक बिदा हुने भएकोले भन्सारबाट सामान जाँचपास नहुने प्रमुख पनेरुले बताए ।