सुर्खेत– नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काले कांग्रेसको सहमति बिना वर्तमान समस्या समाधान असंभव भएको बताएका छन्।संविधान संशोधनको लागि संसदमा आवश्यक पर्ने मत कांग्रेससँग रहेकोले सत्ताधारीले एक्लै हिँड्छु भनेर गन्तव्यमा पुग्न नसकिने उनको भनाइ छ। 'कांग्रेसले नचाहेमा संविधानको 'कमा' वा 'फूलस्टप' पनि परिवर्तन हुने अवस्था छैन,' पार्टीद्वारा सुर्खेतको मेहलकुनामा आयोजित आमसभामा बोल्दै खड्काले भने, 'त्यसैले मधेसलगायत क्षेत्रमा जारी समस्या अन्त्य गर्नको लागि सत्ताधारी र प्रतिपक्षी मिल्नुको बिकल्प छैन।'
प्रधानमन्त्रीमा उठ्ने पार्टी नेतृत्वको निर्णयप्रति असहमति जनाउँदै सहमहामन्त्री पदबाट राजीनामा दिएका खड्काले सरकारको नेतृत्वमा नेकपा (एमाले) रहे पनि देश चलाउने चाबी भने कांग्रेसको हातमा रहेको बताए। 'ओलीको नेतृत्वमा सरकार बनेको छ, जनताले चुनावमार्पmत दिएको साँचो भने हामीसँगै छ,' उनले भने, 'त्यसैले हामी उच्च मनोबलका साथ संविधान बोकेर जनतामा जाऔँ, नयाँ संविधान नै कांग्रेसको अहिलेको पहिचान हो।' संविधान संशोधन, कार्यान्वयन र कानुन बनाउने काम कांग्रेसको सहमति बिना संभव नहुने भएकोले पार्टीले बिगतको गल्तिबाट पाठ सिकेर चावीको सही प्रयोग गर्नुपर्ने उनले बताए।
भारतले लगाएको नाकाबन्दीविरुद्ध सरकार एक्लै भिड्न नसक्ने खड्काको भनाइ छ। सबै दलबीच राष्ट्रिय एकता र सहमति गरी अघि बढेमा मात्र स्वाधिनताको लडाइँमा जित्न सकिने खड्काले बताए । 'यतिबेला नेपाल र नेपालीको एकता हिजोभन्दा झन् बलियो हुन आवश्यक छ,' उनले भने, 'तबमात्र हामीले राष्ट्रियताको रक्षा गर्न सक्छौँ ।' बिगतमा नेपाली नेताहरुले प्रधानमन्त्रीलगायत विभिन्न पदमा पुग्नको लागि भारतको मुख ताक्ने प्रवृत्ति स्थापित गर्दा राष्ट्रियता खतरामा परेको उनले बताए ।