सोमबार नाकामा फेरि कडाई
२३ कार्तिक २०७२
•
३ मिनेट पाठ
सोमबार नाकामा फेरि कडाई
झापा–कुनै दिन ज्यादै खुकुलो हुने र कुनै दिन अति नै कडा रवैया देखाउने भारतीय सुरक्षा बलको कार्यशैलीले निरन्तरता पाउँदा पूर्वी नाकाबाट हुने आपूर्ति सहज हुन सकेको छैन्। पछिल्लो दुई दिनमा भारतीय सुरक्षा बलले एकदमै फरक व्यवहार प्रदर्शन गरेको छ । एक दिन अति नै खुला र अर्को दिन ज्यादै कडा।अघिल्लो दिन इन्धनसहित १ सय २० वटा गाडी काँकडभिट्टा नाकाबाट नेपाल प्रवेश गर्न दिएको भारतीय सुरक्षा बलले सोमबार फेरि नियन्त्रित रवैया देखाउँदै ३४ वटा मात्रै छोडेको छ। जसमा २५ वटा भारतीय उत्पादनकै सामान बोकेका गाडी छन् भने ९ वटा तेस्रो देशबाट आएका सामग्री छन्। आइतबार राति १० बजेसम्ममा ३६ वटा इन्धनका ट्यांकरसहित १ सय २० वटा गाडी नेपाल भित्रेको मेची भन्सार कार्यालयका प्रमुख भीमप्रसाद अधिकारीले जानकारी दिए। सोमबार भने ३४ वटा मात्रै आएका छन्। राति अबेरसम्ममा यो संख्या बृद्धि हुने सम्भावना छ । सोमबार इन्धनका ट्यांकर चाहिँ आएका छैनन्।

अघिल्लो दिनको तुलनामा सोमबार ज्यादै कम्ती मात्रै साधन नेपाल आएको घटनालाई नेपाली प्रशासनले 'फेरि कडाई' को रुपमा हेरेको छ । 'एकरुपको व्यवहार उनीहरुले कहिल्यै गरेका छैनन्', झापाका एक जना सुरक्षा अधिकारीले भने, 'यदि नाका खुकुलो पारेको भए कम्तीमा डेढसय वटा गाडी आउनुपथ्र्यो, जुन आएन।'

मेची पेट्रोलियम डिलर्स एशोसिएशनका उपाध्यक्ष नविन कोइरालाका अनुसार अघिल्लो दिन आएका इन्धनका ट्यांकर खाली भइसकेका छैनन् , जसका कारण ती ट्यांकर सिलिगुढी पठाइएको छैन । सोमबार साँझसम्ममा सबै ट्यांकर खाली हुने र लोड भर्नका लागि फेरि पठाइने उनले बताए ।

आलु प्याज लगायतका सामग्री बोकेका गाडी पठाइरहेको भारतीय पक्षले पूर्वी नाकाबाट इन्धन एक साता पठाएन। भारतीय सुरक्षाकर्मीले सबै साधनलाई लाइनमा बस्न र सुरक्षा जाँच पूरा गरेर मात्रै जान भनिरहेका छन्। तर, उनीहरुले एउटै गाडी जाँच्न पनि घण्टौं लगाइरहेका छन्। जसका कारण नेपाल आउने गाडी संख्या कम भएको छ । यद्यपि पानीट्यांकी नाकामा रोकिएका चार सयभन्दा बढी साधनले भारतको भन्सार प्रक्रिया चाहिँ पूरा गरिसकेका छन्।
अर्को समाचार
जोगवनी नाकामा फेरि कडाई
नागरिक
१९ असोज २०७२
•
१ मिनेट पाठ
जोगवनी नाकामा फेरि कडाई
विराटनगर–दुवै देशका सरकारी अधिकारीबीच सहमति भएपछि सोमबार पेट्रोलियम पदार्थसहित ५८ वटा मालवाहक गाडी पठाएको भारतीय पक्षले समानको पैठारीमा फेरि कडाइ गरेको छ। विराटनगर भन्सार कार्यालयका अनुसार मंगलबार जस्तापाता बनाउने कच्चा पदार्थ बोकेको चारवटा लहरी मात्रै आयात भएको छ। भारतस्थित जोगवनी भन्सार कार्यालयले इन्टरनेटको सर्वरमा समस्या आएको भन्दै सोमबार ३ बजेदेखि नै समानको पैठारी रोकेको छ । विराटनगर भन्सार कार्यालयले आरती स्ट्रीप्सको चारवटा लहरी मंगलबार मात्र छोडिएको जनाएको छ। 
   सोमबार १० वटा पेट्रोल र २० वटा डिजल टंयाकर र दुईवटा ग्याँसको बुलेटसहित ५८ वटा गाडि बिराटनगर भित्रिएको थियो । प्रहरीले सोमबार राति नै स्कटिङ गरेर ती सबै गाडी गन्तव्यसम्म पु¥याइसकेको छ। विराटनगर भन्सार कार्यालय नजिकै सोमबार राति सुतली बम पड्काइएपछि मालवाहक गाडीका चालकहरु झन् भयभित बनेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस