काठमाडौं–सरकारी वार्ता टोलीका संयोजक उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले आइतबार राति ट्वीटमार्फत आन्दोलनरत मधेसी मोर्चासँग सोमबार दिउसो एक बजे वार्ता हुने जनाए। सोही अनुसार एक बजे वार्ता हुने संचारमाध्यममा समाचार पनि आयो।तर मधेसी मोर्चाले भने वार्ता बारे आफूहरुलाई कुनै जानकारी नभएको जनाएको छ। मधेसी मोर्चाकातर्फबाट वार्ता टोली सदस्य एवं तमलोपा वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले वार्ताबारे आफूहरुलाई कुनै जानकारी नभएको बताए। उनले १५ गते भएको वार्तामा प्रदेश सीमाकंनको विषयमा शीर्ष तहमा अनौपचारिक वार्ता भएर एउटा निकास निस्केपछि मात्र वार्ता टोलीबीच वार्ता हुने सहमति भएको तर अहिलेसम्म शीर्ष नेतामाबीच अनौपचारिक वार्ता नभएकाले वार्ता टोलीबीच र्वाता हुने संभावना नरहेको बताए।
'१५ गतेको वार्तामा दुवै पक्षबीच शीर्ष तहमा अनौपचारिक छलफल गरी प्रदेश सीमाकंनको विषयमा कुनै विकल्प निकाल्ने र त्यसलाई सहमति जनाउन वार्ता टोलीबीच औपचारिक वार्ता हुने सहमति भएको थियो,' त्रिपाठीले नागरिकन्युजसँग भने,'योबीचमा शीर्ष तहमा कुनै छलफल पनि भएन । शीर्षतहमा छलफल नगरी वार्तामा बस्नुको कुनै अर्थ छैन।'
१५ गतेको वार्ता सकारात्मक भएको बेला सरकारले वीरगंजमा दमन गरेको भन्दै सरकार वार्ताप्रति गंभीर नभएको आरोपसमेत लगाए। उनले आइतबार राति सप्तरीको भारदहमा सुरक्षाकर्मीले आन्दोलनकारीमाथि हस्तक्षेप गरी मोर्चाका १६ कार्यकर्ता घाइते बनाएको भन्दै सरकारले नै वार्ताको वातावरण विगारेको आरोप लगाए। उनले शीर्ष तहमा अनौपचारिक छलफल नभए वार्ता टोलीबीच वार्ता नहुने बताए। पहिला प्रचण्डजी, केपी ओलीजी, सुशील कोइराला र मोर्चामा आबद्ध दलका अध्यक्षबीच अनौपचारिक छलफल हुनुपर्यो,' उनले भने,'शीर्ष तहमा प्रदेश सीमाकंनको विषयमा सामान्य छलफल भएपछि मात्र मोर्चा र सरकारबीच औपचारिक वार्ता हुन्छ।'
तर सरकारी वार्ता टाेलीका संयाेजक कमल थापाले भने ट्वीट गर्दै थप गृहकार्य गर्नु परेकाले अाज हुने भनिएकाे वार्ता स्थगित गरिएकाे जनाएका छन्।

थप गृहकार्यको आवश्यकता महसुस गर्दै आज हुने भनिएको सरकार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बिचको वार्ता स्थगित गरिएको छ
— Kamal Thapa (@KTnepal) November 9, 2015