आन्दोलनलाई मजाकको विषय बनाइएको छ : लेखी
२२ कार्तिक २०७२
•
१६ मिनेट पाठ
आन्दोलनलाई मजाकको विषय बनाइएको छ : लेखी
थारु नेता राजकुमार लेखीले तराई मधेसमा जारी आन्दोलन नदेख्ने सरकारलाई अन्धोको संज्ञा दिएका छन्। उनले तीन महिनादेखि जारी आन्दोलनलाई नसुन्ने, नदेख्ने सरकार बहिरा र अन्धो भएको बताए। नागरिकन्युजसँगको कुराकानीमा उनले भने- 'आन्दोलनलाई मजाकको विषय बनाइएको छ। तीन महिना आन्दोलन गर्दा आन्दोलन नदेख्ने सरकार कि त अन्धा हुनुपर्छ, कि त बहिरा हुनुपर्छ। कि त पागल हुनुपर्छ। तराईमा आन्दोलन नभए के भइरहेको छ?'

उनले केही नेताहरुका कारण थारु मधेसी आन्दोलन प्रभावित भएको बताए। उनले फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारजीलाई बहुरुपिया नेताको रुपमा ब्याख्या गरे। 'विजय गच्छदारजीले संविधान निर्माणको बेला संविधानको प्रकृयामा भाग लिनु भएन। मतदान नगर्ने, प्रकृयामा भाग नलिने मान्छेले दुई दिनपछि खुट्टा उचालेर सरकारको मन्त्री बन्ने? यो चरित्रलाई बहुरुपिया नभनेर के भन्ने?,' लेखीको प्रश्न थियो।

प्रलोभनका निम्ति गच्छदार जस्तोसुकै त्याग गर्न तयार रहने नेता भएको लेखीले बताए। 'तपाईँले कुनै प्रभलोभन देखाउनुस् गच्छदार ५ मिनेटमै महिला बन्न सक्छन्। महिला भएरै कुनै पद प्राप्त गर्नसक्छन्। उहाँको बारेमा त के चर्चा गर्नू,' लेखीले भने।

तराई भ्रमणबाट फर्किएका नेता लेखीसँग नागरिकन्युजका मदन चौधरी र मदन ठाकुरले गरेको कुराकानी पढ्नुस्:

थारु आन्दोलन शून्यप्राय छ। उचाइमा पुगेको थारु आन्दोलन किन यस्तो भयो?

 

थारु आन्दोलन जारी छ। तपाईँ जिल्लाका गाउँ गाउँ गएर हेर्नुस् थारु आन्दोलन जारी छ। कतै पनि थारु आन्दोलन रोकिएको छैन। तर केही कमजोर भएको पक्का हो। थारु आन्दोलन कमजोर हुनुमा सबैभन्दा बढी जिम्मेवार थारु सभासद्हरु छन्। जसले दोहोरो चरित्र पस्तुत गरिरहेका छन्। उनीहरु आन्दोलन पनि गर्छन्। सरकारमा सहभागी भएर मन्त्री पनि बन्छन्। संयुक्त संघर्ष समितिमा दुई घटकका संयोजक पनि सभासद् नै छन्।

संयोजकहरुले महिनौं बितिसक्दा पनि बैठक बोलाउँदैनन्। प्रेस विज्ञप्ती र पत्रकार सम्मेलनको कुरै छाडौं। काठमाडौं बसेर जिल्लाका साथीहरुसँग सम्पर्क गर्दैनन्। कुनै जिल्लामा पाइला टेक्दैनन्। साथीहरुको यस्तै गतिविधिका कारण आन्दोलन केही कमजोर भएको हो। तर आन्दोलन फिर्ता भएको छैन। आन्दोलनकारी सडकमै छन्। प्रत्येक दिन सभा जुलुस र जनप्रदर्शन भइरहेकै छ। जनताले राजमार्ग र नाकाबन्दीको कामलाई निरन्तरता दिएकै छन्। आन्दोलन तलमाथि हुनु प्रकृतिको नियम हो। हरेक दिन आन्दोलन एकरुपले अघि बढ्न सकिँदैन। लेनीनले भनेका छन्- आन्दोलन एक कदम अगाडि दुई कदम पछाडि हुन्छ।

तीन महिना लामो आन्दोलनले तराई मधेसका जनताको दैनिकी कष्टकर बनेको छ। तराईका विभिन्न जिल्लाको यात्रा गर्नुभयो। आन्दोलनले जनता खुसी छन् र?

थारु कल्याणकारिणी सभाको हालसालै नवलपरासीमा भएको राष्ट्रिय भेलाले मेची–महाकाली अभियान सञ्चालन गर्ने निर्णय गर्योा। राष्ट्रिय भेलाको सन्देश र जनतालाई उत्साह थप्न मलाई चितवनदेखि झापासम्मको कमान्ड सम्हाल्न जिम्मेवारी दिएको छ। त्यसक्रममा मैले चितवनदेखि झापासम्मकै यात्रा गरेँ। तराई मधेसका जनताको कुरा गर्ने हो भने उनीहरु बिल्कूल रुस्ट छैनन्। पहिचान र अधिकारको लडाइँ जितेरै छाड्ने उत्साहउनीहरुमा पाएको छु। तराई मधेसका जनताहरु यो आन्दोलनलाई अन्तिम लडाइँको रुपमा लिएका छन्। जसले उनीहरुले आफ्नो अधिकार पहिचान अबको संविधानमा सुनिश्चित भएको देख्न पाउन्।

जनताहरु के कुरामा प्रस्ट छन् भने मुलुक चलाइरहेका ब्यक्तिहरु अहिले पनि माग, मुद्दा, वार्ता र सम्बादको पक्षमा छैन। हामी वार्ता सम्बाद र सहमतिकै पक्षमा छौं। तर त्यो वार्ता माग, मुद्दामा केन्द्रीत हुनुपर्छ। सीमांकनको कुरामा, जनसंख्याका अधारमा निर्वाचान क्षेत्रको सबाल, समानुपातिक समावेशी प्रतिनिधित्वको सबाल हाम्रो प्रमुख एजेण्डा हो। तर देश चलाउनेहरु हामी सहिद घोषणा गर्छौं, क्षतिपूर्ति दिन्छौं लगायतका कुरामा आन्दोलनलाई कमजोर पार्न हाम्रो ध्यान केन्द्रीत गराउन खोजेका छन्।

हाम्रो आन्दोलनले सीमामा नाकाबन्दी छ। उनीहरुले यो आन्दोलनलाई 'डाइभर्ट' गर्न जनतालाई नाकाबन्दी भारतले गरेको भनिरहेको छ। भारतले त स्पष्टरुपमा भनिसकेको छ कि हामीले नाकाबन्दी गरेका छौनौं। आन्दोलनले तीन महिना पूरा गर्न लागिसक्यो। हाम्रो आन्दोलनलाई आन्दोलन नै नदेख्ने सरकार हेर्दा हाँसो उठ्छ। यो मजाकको विषय भएको छ। तीन महिना आन्दोलन गर्दा आन्दोलन नदेख्ने सरकार कि त अन्धा हुनुपर्छ, कि त बहिरा हुनुपर्छ। कि त पागल हुनुपर्छ। तराईमा आन्दोलन नभए के भइरहेको छ? जिम्मेवार निकायका ब्यक्तिहरु अहिले पनि जिम्मेवारी बोध गरिरहेको छैन। समस्यालाई समाधान गर्न चाहिरहेका छैनन्।Rajkumar Lekhi 02

संघर्ष समितिका एक घटक थारु सभासद संघर्ष समितिका संयोजक नै सरकारमा सहभागी भएका छन्। मन्त्री र सरकारी वार्ता समितिको सदस्यसमेत भएका छन् नि?

थारु सभासद् संघर्ष समितिमार्फत् थारु सभासद्हरु आन्दोलनमा हुनुहुन्थ्यो। त्यो पनि केही सभासदमात्र। ती सभासद्हरु सरकारमा गइसकेपछि, मन्त्री भइसकेपछि यत्रो दिन भइसक्यो कुनचाहिँ माग पूरा गरायो? थारु मधेसी आन्दोलनको कुन माग पूरा भयो? सीमांकनको कुरा छोडिदिनुस्। उहाँहरु हिरासतमा परेका सयौं थारुलाई छोडाउन सकेका छन्? उनीहरुको मुद्दा फिर्ता भयो? त्यस्ता न्युनत्तम कुराहरु यत्रो दिन भइसक्यो पूरा किन गरेन? उपप्रधान भइसके, मन्त्री भइसके एउटा सिन्कासम्म भाँचेको छैन। सिन्का भाँच्ने हैसियत नभएकाहरु मन्त्री बन्ने? आन्दोलनकारीको नेता पनि बन्ने अनि वार्ता समितिको सदस्य पनि बन्ने? दुनियाँमा कहीँ यस्तो हुन्छ? यस्तो अच्चम्मको प्रवृत्ति केही थारु र मधेसीहरुमा देखिएको हुँदा हामी लज्जित भएका छौं। यसले सिंगो आन्दोलन प्रभावित बनेको छ।

विजय गच्छदार पार्टीको नेता हो कि बहुरुपिया?


फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले ८ बुँदे सहमति गर्दै थारु मधेसीको माग पूरा भएको भनिरहनु भएको छ। यसलाई थारुहरुले कसरी लिएको छ?

विजय गच्छदारजीको बारेमा धेरै भनिरहन पर्दैन। दुनियाँलाई थाहा छ उहाँ कुन चरित्रको मान्छे हो। उहाँको प्रवृत्ति कस्तो छ। उहाँ एउटा पार्टीको नेता हो कि बहुरुपिया हो? यो जनतालाई थाहा छ। उहाँ लोभ लालचका निम्ति जे पनि गर्न सक्छन्। तपाईँले कुनै प्रभलोभन देखाउनुस् उहाँ ५ मिनेटमै महिला बन्न सक्छन्। महिला भएरै कुनै पद प्राप्त गर्नसक्ने मान्छे हुन् विजय गच्छदार। उहाँ अहिल्यै दलित हुन सक्छन्, बाहुनक्षेत्री हुनसक्छन्, उहाँको बारेमा त के चर्चा गर्नू।

विजय गच्छदारजीले संविधान निर्माणको बेला संविधानको प्रकृयामा भाग लिनु भएन। मतदान नगर्ने, प्रकृयामा भाग नलिने मान्छेले दुई दिनपछि खुट्टा उचालेर सरकारको मन्त्री बन्ने? यो चरित्रलाई बहुरुपिया नभनेर के भन्ने? उहाँको ८ बुँदे सहमित पनि जनतालाई बेकुब बनाउने सहमति हो। गच्छदारजीको बलबुत्ताले संविधान संसोधन हुन्छ? माग पूरा हुन्छ? उहाँको सहमितले अहिलेसम्म के माग पूरा गरेको छ?

वार्ताबाट भागेका छैनौं भन्नुहुन्छ। अनि वार्तामा पनि जानु हुन्न। शीर्ष नेतासँग मात्र वार्ता बस्ने अडानमात्र लिएर समस्याको समाधान हुन्छ? मधेसी मोर्चाका नेताहरु वार्तामा सहभागी छन् त?
मधेसी मोर्चासँगको वार्तालाई मैले थारु मधेसी फुटाउको रुपमा लिएको छु। सत्ताधारीले थारुसँग वार्ता गर्दा मधेसीसँग गर्दैन। मधेसीसँग गर्दा थारुसँग गर्दैन। यो उनीहरुको 'डिजाइन' हो। यो उनीहरुको रणनीति हो। त्यसकारण थारु मधेसीको वार्ता सँगसँगै हुनुपर्छ। थारु मधेसीसँग अलग अलग वार्ता गरेर समस्या समाधान हुन्छजस्तो लाग्दैन।

जहाँ सरकारको कुरा छ। सरकारमा सहभागी मुख्य दुई पार्टीसँग मात्र वार्ता गरेर हाम्रो माग पूरा हुँदैन। हाम्रो माग पूरा गर्नका निम्ति कांग्रेस, एमाले, एमाओवादी तीनटै पार्टी चाहिन्छ। अर्थात् दुई तिहाइ चाहिने हामीलाई थाहा छ। थारु मधेसी आन्दोलनकारीलाई के भन्न चाहन्छु भने हाम्रो माग मुद्दा पूरा गर्न कांग्रेस, एमाले र एमाओवादी तीनटै उतिकै जिम्मेवार छ। तीनटैको सहमितले मात्र हाम्रो माग पूरा हुन्छ।

कसरी वार्ताको वातावरण बन्छ? थारु मधेसीलाई एउटै टेबलमा राखेर वार्ता गर्न सम्भव छ?
एकातिर आन्दोलनकारीमाथि गोली ठोक्ने, हत्या गर्ने, आतंक सिर्जना गर्ने, अनि वार्तामा बोलाउने? कसरी हुन्छ वार्ता। वार्ता गर्ने हो भने हामी तयार छौं। तर वातावरण बनाउनुपर्योन। आन्दोलनकारीमाथि कुटपिट हुनु भएन। आन्दोलनकारीमाथि गोली प्रहार हुनु भएन। वार्ता र आन्दोलन सँगसँगै गर्ने हामी भनिरहेका छौं। तर आन्दोलन रोकेर, आन्दोलन फिर्ता गरेर केपी ओलीजी वार्तामा बोलाउनुहुन्छ। त्यो सम्भ्व छैन। त्यसरी वार्ता हुँदैन। थारु र मधेसीले सहकार्य गरेर आन्दोलन गर्न सक्छ भने वार्ताको टेबलमा किन बस्न सक्दैन? सरकारले थारु मधेसीलाई एउटै वार्ताको टेबलमा राखेर वार्ता गरोस्।

तपाईँहरुले शान्तिपूर्ण आन्दोलन भनेर तरबार र भाला प्रदर्शन गरिरहनुभएको छ। तरबार देखाएर कसरी शान्तिपूर्ण आन्दोलन हुन्छ?
तरबार र भाला लिएर कहीँ पनि आन्दोलन भएको छैन। यो गलत आरोप हो। यसमा कुनै सत्यता छैन। हामी शान्तिपूर्ण आन्दोलनका पक्षधर हौं। हामी हातहतियार लिएर आन्दोलनमा आउनुस् भन्दैनौं। त्यसो गर्न पनि हुँदैन। सञ्चारमाध्यमलाई निशाना बनाउनु पनि हुँदैन। एम्बुलेन्सजस्ता अतिआवश्यक गाडीहरु रोकिनु हुँदैन। आन्दोलनकारी साथीहरुसँग अनुरोध पनि गर्न चाहन्छु कि आन्दोलन नै बदनाम हुने किसिमको गतिविधि हामीबाट हुनु हुँदैन। यदि सरकारको तर्फबाट त्यस्तो घुसपैठ भयो भने, सरकारकै भिजिलान्तेहरु तरबार भाला लिएर सादा पोसाकमा आन्दोलन गर्छ भने हामीले त्यसलाई नियन्त्रण गरेर शान्तिपूर्ण बनाउनुपर्छ।

तिहार र छठमा आन्दोलन फिर्ता लिनुहुन्छ ?
हामीले तिहार र छठ भनेका छैनौं। दशैं पनि भनेनौं। हामी हरेक दिन आन्दोलनमै छौं। जिल्ला भेलाहरुमा सक्रिय छौं। गाउँगाउँका अगुवा नेताहरुलाई भेट्ने अन्तरक्रिया गर्ने कार्यक्रम जारी छ। जहाँ चाडपर्वको कुरा छ। हामीले चाडपर्वलाई पनि आन्दोलनकै रुपमा मनाइरहा छौं। तिहार र छठ पनि आन्दोलनकै रुपमा मनाउँछौं।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
३ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस