काठमाडौं- कांग्रेसले तराई/मधेसको समस्या समाधान गर्न र भूकम्प प्रभावित जनतालाई राहत तथा पुनर्निर्माणको काम अघि बढाउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ। संसदीय दलको आइतबार बिहान बसेको बैठकले तराई/मधेसको समस्या समाधान गर्न सभापति सुशील कोइराला नेतृत्वको सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव अघि बढाउन सरकारलाई दबाब दिने निर्णय गरेको हो।
केपी ओली नेतृत्वमा सरकार गठन भएको सय दिन पनि पूरा नभएको भन्दै कांग्रेसले संसद अवरोध भने तत्काल नगर्ने निष्कर्ष निकालेको हो। 'भूकम्प र तराई/मधेसमा जारी आन्दोलनका कारण मुलुकको अवस्था जटिल बन्दै गएको छ,' संसदीय दलको बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवाले भने, 'पुनर्निर्माण प्राधिकरण गठन गर्न र मधेस समस्या समाधान गर्न कांग्रेसले अगुवाई गर्छ।'
लोकतान्त्रिक व्यवस्थामा कुनै पनि सरकारलाई सय दिन काम गर्न दिनुपर्ने तर्क गर्दै देउवाले भने, 'हामी जिम्मेवार हुनुपर्छ, सरकारलाई सय दिन काम गर्न दिनुपर्छ।'
रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले पनि कांग्रेस नेतृत्वको सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव अघि बढाउन संसदमा दबाब दिनुपर्ने धारणा राखे।
आन्दोलनका कारण सिंगो मुलुक प्रभावित बनेको भन्दै नेताहरूले समस्या समाधानका लागि संसदमा आवाज उठाउँदै सरकारसामु दबाब खडा गर्नुपर्ने तर्क गरे। अहिले नै संसद अवरोध गर्दा पार्टीप्रति जनतामा नकारात्मक छाप पर्ने धारणा राख्दै शीर्ष नेताले भने, 'पुनर्निर्माण प्राधिकरण र तराई/मधेस समस्या समाधान गर्न कांग्रेसले नेतृत्वदायी भूमिका खेल्छ।'
बैठकमा सभासदहरू रामकृष्ण यादव, सीतादेवी यादवसहितले मधेस समस्या समाधानका लागि पार्टीले पहल गर्नुपर्ने धारणा राखे। संविधान जारी हुनुपहिले नै प्रमुख दलका शीर्ष नेताले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण र समानुपातिक समावेसी सिद्धान्तलाई संविधान संशोधनमार्फत टुंगो लगाउने प्रतिबद्धता जनाएको उनीहरुले स्मरण गराएका थिए।
सभासद रामकृष्ण यादवले वर्तमान सरकार संविधान संशोधन प्रक्रिया अघि बढाउन तयार नभएको भन्दै संशोधन अघि बढाउन रोस्ट्रम घेराउ गर्नुपर्ने धारणा राखे। 'यो सरकार मधेसको समस्याप्रति गम्भीर देखिएन, संशोधन प्रस्ताव अघि बढाउन रोस्ट्रम घेराउ गर्नुपर्छ,' उनले भने, 'आन्दोलनका कारण मुलुकको आर्थिक, समाजिक अवस्था जटिल बनिसक्यो, हामी चाडपर्वमा पनि जिल्ला जान पाएनौँ।'
भरतकुमार शाह, अब्दुल रज्जाकसहितका सभासदले भने अहिले नै संसद बैठक अवरोध गर्न नहुने धारणा राखे। कांग्रेस नेतृत्वको सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्तावले तराई/मधेसको समस्या समाधान हुने हो कि होइन भन्ने प्रश्न गर्दै उनीहरुले समस्या समाधान नहुने भए प्रस्ताव अघि बढाउनुको कुनै अर्थ नरहेको तर्क गरे। 'नयाँ सरकार आएको धेरै दिन भएको छैन, उसलाई पनि समय दिनुपर्छ। जहाँ पनि अड्को थापेको सन्देश जान दिनुहुन्न,' शाहले भने, 'कांग्रेस नेतृत्वको सरकारले दर्ता गराएको संशोधनले आन्दोलन थामिँदैन भने पटक–पटक संविधान संशोधन गर्नतिर लाग्नुहुन्न।' मधेसवादी दलसँग वार्ता गरेर मात्र संशोधन प्रस्ताव अघि बढाउनुपर्ने उनको तर्क छ।
भारत सरकारले लगाएको नाकाबन्दीप्रति पार्टीको स्पष्ट धारणा नआएको भन्दै सभासदहरूले गुनासो गरेका थिए। वीरगन्जबाहेकका नाकामा अवरोध नरहे पनि मालवाहक गाडी नआएको भन्दै शाहले पार्टीको स्पष्ट धारणा बाहिर ल्याउन आग्रह गरे। वरिष्ठ नेता देउवा र महामन्त्री सिटौलाले साथ दिँदै प्रतिपक्षीले बोल्नुपर्ने कुरा सरकारमा रहेका दलले नै बोलिराखेको भन्दै पार्टीको स्पष्ट धारणा बाहिर ल्याउनुपर्ने बताएको शाहले जानकारी दिए।
प्रधानमन्त्रीसहित मुख्य पदमा उम्मेदवारी दिँदा संसदीय दलमा छलफल नै नगरेको भन्दै सभासदहरूले असन्तुष्टि जनाए। अरुको उक्साहटमा लागेर उम्मेदवारी दिँदा प्रमुख पद गुमेको गुनासो उनीहरूले गरे।
महामन्त्री सिंहले केन्द्रीय समितिको निर्णयअनुसार नै प्रधानमन्त्रीमा उम्मेदवारी दिएको तर्क गरे। सबैको सहमतिमा उम्मेदवारी दिएको बताउँदै उनले प्रधानमन्त्रीमा उम्मेदवारी दिएर केही नबिग्रेको धारणा राखे। पार्टी निर्णयविरुद्ध नेता तथा कार्यकर्ताले सार्वजनिक अभिव्यक्ति दिएको प्रति असन्तुष्टि जनाउँदै उनले पार्टी निर्णयलाई सबैले मान्नुपर्ने बताए।
यसैबीच सभासद बहादुरसिंह लामाले कांग्रेस नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको पुनर्निर्माण प्राधिकरण तुहाएर सरकार नयाँ गठन गर्न लागिपरेको बताए।