काठमाडौं–विराटनगरस्थित विराट पेट्रोलियम प्रालिलाई इन्धन आपूर्ति ठेक्का र त्यसबापत २० करोड रुपैयाँ अग्रिम भुक्तानी दिने नेपाल आयल निगमको निर्णयबारे व्यवस्थापिका संसदका दुई बेग्लाबेग्लै समितिले छानबिन अघि बढाएका छन्।
संसदका सार्वजनिक लेखा समिति र उपभोक्ता हितसम्बद्ध समितिले विराटलाई गैरकानुनी रुपमा इन्धन ल्याउन अनुमति दिने निर्णयबारे छानबिन अघि बढाएका हुन्। निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले राजनीतिक नेतृत्वको दबाबमा विराट आयललाई गैरकानुनी तरिकाले २० करोड रुपैयाँ अग्रिम भुक्तानी गरी पेट्रोलिमय पदार्थ ल्याउने ठेक्का दिएको सार्वजनिक भएपछि बिहीबार उद्योग, वाणिज्य तथा उपभोक्ता हितसम्बद्ध समिति बैठक बसेको थियो । बैठकमा कार्यकारी निर्देशक खड्कासहित विभागीय मन्त्री र सचिवलगायत सम्बद्ध अधिकारीलाई बोलाएर छलफल गरेको थियो । शनिबार पुनः बसेको उक्त समितिले निगमसँग ठेक्कासम्बन्धी सम्पूर्ण कागजात माग्ने निर्णय गरेको हो । बैठकले यसबारे छानबिन गर्न उपसमिति गठन गर्ने निर्णयसमेत लिएको छ ।
'छानबिन उपसमिति बनाउने निर्णय भयो, तर सदस्य को को रहने भन्ने टुंगो लागेन,' समितिका सभापति भिष्मराज आङ्देम्बेले नागरिकसँग भने, 'कागजात आइसकेपछि टुंगो लगाउने सहमति भएको छ ।' कानुन मिचेर विराटलाई ठेक्का दिएको देखिएकाले त्यससम्बन्धी सबै फाइल मगाएको उनले बताए । 'के कारणले विराटलाई अग्रिम भुक्तानीसहित ठेक्का दिइएको हो,' उनले भने, 'एउटा मात्रै कम्पनीलाई करोडौं रुपैयाँ अग्रिम भुक्तानी दिएपछि शंका लागेर फाइल मगाएका हौं ।'
यसअघि, शुक्रबारै सार्वजनिक लेखा समितिले पनि विराटलाई दिएको ठेक्काबारे गहन छानबिन गर्न भन्दै सम्बन्धित सबै कागजात माग्ने निर्णय गरेको थियो । लेखाले निगमका कार्यकारी निर्देशक खड्कालाई पत्र पठाउँदै तीन दिन भित्र सबै कागजात पठाउन निर्देशन दिइसकेको छ ।
निगमले नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ आपूर्ति असहज भएको अवस्थामा तत्कालका लागि आपूर्ति गर्न निजी क्षेत्रलाई अनुमति दिने सरकारी निर्णयबमोजिम आशयपत्र माग गरेको थियो । २२ कम्पनीले तेल आपूर्ति गर्ने आशयपत्र दर्ता गरेकामा १० कम्पनीलाई 'नो अब्जेक्सन लेटर' मात्र दिएर विराटलाई अग्रिम भुक्तानीसहित ठेक्का दिइएको थियो ।
निगमले ठेक्का सम्झौता गर्दा कानुनी प्रक्रिया अवलम्बन नगरेको, उपभोक्तामाथि बढी व्ययभार पर्ने गरी महँगो मूल्यमा सम्झौता गरेको लगायत विषयमा अनियमितता आशंका भएपछि समितिले छानबिन अघि बढाएका हुन् ।
आङ्देम्बेले विराट छनोट हुँदाको सम्पूर्ण कागजात तत्काल उपलब्ध गराउन वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमलाई निर्देशन दिएको जनाए । 'निगमले मागेको आशयपत्रमा २२ वटा कम्पनीले प्रस्ताव हालेका थिए,' उनले भने, 'त्यसमध्ये १० वटा कम्पनीले 'नो अब्जेक्सन लेटर' पाएका छन् तर विराटले अग्रिम भुक्तानीसमेत पाएको छ । यसलाई मात्र किन २० करोड रुपैयाँ दिइयो भन्नेबारे अध्ययन गर्छौं ।'
समितिका सदस्य तथा सांसदहरुले संकटका बेला देश लुट्ने विराटका पदाधिकारी र निगमका कार्यकारी निर्देशक खड्कामाथि कारबाही गर्न माग गरेका छन् । 'अभावका नाममा कसैले लुट मच्चाउँछ भने त्यस्तालाई हदैसम्मको कारबाही हुनुपर्छ,' समितिकी सदस्य अम्बिका बस्नेतले भनिन्, 'सिलिगुडीबाट तेल ल्याउँदा पनि लिटरको २ सय रुपैयाँभन्दा माथि कसरी पर्छ ? यसमा निगमका उच्च अधिकारीको मिलेमतो छ । सूक्ष्म रुपले अध्ययन गरेर संलग्न सबैमाथि कारबाही हुन जरुरी छ ।'
निगमले यसअघि भारतीय आयल कर्पोरेसनबाट तेल ल्याउँदा १ सय ४ रुपैयाँमा काठमाडौंमा बेच्न मिल्ने तर विराटले ल्याउने तेल कसरी दोब्बरभन्दा बढी पर्छ भन्दै समितिले अनियमितताको आशंकासमेत गरेका छन् ।
'अर्कोतर्फ व्यापारीले तेल ल्याएर निगमलाई दिने गरी सूचना निकालिएको हो तर अग्रिम भुक्तानी दिने भनेर सूचनामा भनिएको छैन,' बस्नेतले भनिन्, 'किन एउटा मात्र कम्पनीलाई अग्रिम भुक्तानी दिइएको हो, त्यो बुझ्न सकिएन ।'स
समितिको बिहीबार बैठकमा खड्काले 'कानुनसानुन जान्दिनँ, विराटबाटै तेल ल्याउँछु' भनेका थिए । सोही विषयलाई लिएर खड्काले बोलेको अडियोसमेत खोज्न थालिएको छ ।
'छनोट भएका ११ कम्पनीमध्ये विराटलाई मात्रै अग्रिम भुक्तानी दिनुको कारण के हो ?' समितिका सदस्य तथा सांसद दिनमान पाख्रिनले भने, 'आफ्नो लगानी छ भन्दैमा जे मन लाग्यो, त्यही गर्न मिल्छ ?' निगमले उपलब्ध गराएको रकमबाट तेल ल्याएर आफैं मूल्य तोक्न नमिल्ने उनले दाबी गरे । 'यो कुन कानुनमा टेकेर गरेको निर्णय हो ?' सरकारले विराटलाई पैसा दिएर चोखो नाफा कमाउन बाटो खोलिदिएको पाख्रिनले आरोप लगाए ।
सांसद दीपक कार्कीले अन्य विकल्प हुँदाहुँदै निगमका कार्यकारी निर्देशक खड्काले विराटलाई नै रोज्नुका पछाडि केही कारण रहेको बताए । 'आपूmलाई फाइदा नहुने भए २० करोड रुपैयाँ किन दिइयो त ?' उनले भने, 'यसमा चलखेल छ भन्ने त्यसै पुष्टि हुन्छ ।'
समितिका सभापति आङ्देम्बेले शनिबारै मन्त्रालय र निगमलाई विराटको सम्पूर्ण फाइल पठाउन निर्देशन दिएको बताए । 'यो विषय गम्भीर हो,' उनले भने, 'त्यसलाई मध्यजनर गर्दैै तत्काल फाइल मगाएका छौं ।' लेखा समितिका उपसचिव सुरेन्द्र अर्यालले पनि आइतबारसम्म विराटको सम्पूर्ण फाइल आइपुग्ने र सोमबारबाट बृहत छानबिन सुरु गरिने बताए । 'सरकारको मिलेमतोमा करोडौं कुम्ल्याउन लागेपछि हाम्रो गम्भीर ध्यानाकर्षण भएको हो,' उनले भने ।