काठमाडौं– नेपाली कांग्रेसले तराई/मधेसको समस्या समाधान गर्न तत्काल संविधान संशोधनको प्रस्ताव अघि बढाउन सरकारसँग माग गर्ने भएको छ ।कांग्रेस संसदीय दलको आइतबार बिहान बस्ने बैठकले तराई/मधेसको समस्या समाधान गर्न आग्रह गर्दै कांग्रेस नेतृत्वको तत्कालीन सरकारले दर्ता गराएको संशोधन प्रस्तावलाई अघि बढाउन दवाव दिने निर्णय लिन लागेको हो ।
मधेसको समस्या समाधान गर्नका साथै संशोधन प्रस्ताव अघि बढाउन कांग्रेसले आइतबार बस्ने व्यवस्थापीका संसदको बैठकमा आवाज उठाउने छ । सरकारले संशोधन प्रक्रियालाई अघि नबढाए कांग्रेसले रोष्टम घेराउसहितका दवाव मुलक कार्यक्रम गर्ने छ । 'संशोधन प्रस्ताव अघि बढाउन कांग्रेसले संसदीय अभ्यासभित्रका सबै प्रक्रिया अवलम्बन गर्नेछ,' कांग्रेस केन्द्रीय सदस्य र्फमुल्लाह मन्सुरले भने, 'तराई मधेसका समस्या तत्काल समाधान गर्नुको विकल्प छैन ।'
प्रमुख तीन दल नेपाली कांग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेताको प्रतिवद्धता अनुसार सुशील कोइराला नेतृत्वको सरकारले समावेशीता र समानुपातिक सहभागिता तथा जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने व्यवस्थाका लागि संविधान संसोधन प्रस्ताव दर्ता गराइ सकेको छ । तर, एमाले नेतृत्वको वर्तमान सरकार संविधान संशोधनको उक्त प्रस्तावप्रति गम्भीर नभएको ठहर गर्दै कांग्रेस केन्द्रीय समिति बैठकले संशोधन प्रस्तावलाई अघि बढाउन संसदमा दवाव मुलक कार्यक्रम अघि बढाउनुको साथै संशोधनको पक्षमा जनमत निर्माण गर्ने निर्णय गरेको छ । उसले मातहतका सबै निकायलाई निर्देशनसमेत दिइसकेको छ ।
यसैबीच, कांग्रेस उपसभापति रामचन्द्र पौडेलले आन्दोलनरत राजनीतिक दलहरुलाई संसदबाट नै समस्याको समाधान खोज्न आग्रह गरेका छन् । कांग्रेस कार्यवाहक सभापतिसमेत रहेका पौडेलले शनिबार अपील जारी गर्दै पौडेलले जनताप्रति जिम्मेवार बन्दै संसदमा र्फकन आग्रह गरेका हुन । 'तराई मधेशमा आन्दोलनरत दलहरुले जनता प्रतिको जिम्मेवारी बोध गरेर संसदमा आएर आफ्ना बिचार राखेर संसदबाटै समस्याको समाधान खोज्न कांग्रेस हार्दिक अपिल गर्दछ,' पौडेलको अपीलमा भनिएको छ, 'संसदलाई सवै समस्याको समाधान खोज्ने थलोका रुपमा बिकसित गरि पहिलो चरणमा संविधान संसोधनका लागि पहल गरि संसदबाट समाधान खोज्दा राष्ट्र र जनता प्रतिको जिम्मेवारी बहन हुने कांग्रेसको ठहर छ ।'
संसदबाट खोजीने हरेक समाधानमा कांग्रेस तराई/मधेशका जायज मागका सम्बोधन गर्न तयार रहेको उल्लेख छ । लामो समयदेखि जारी आन्दोलनले तराई/मधेस मात्र नभएर सिंगो मुलुक आक्रान्त बनेको उल्लेख गर्दै पौडेलले जारी आन्दोलनले आम नागरिकको जीवनयापनमा समेत कष्टकर बन्दै गएको जनाएका छन् ।
समावेशीता र समानुपातिक सहभागिता तथा जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने व्यवस्थालाई सुनिश्चित गर्न कांग्रेस नेतृत्व सरकारले दर्ता गराएको संविधान संशोधन प्रक्रियालाई अघि बढाउन दवाव दिने केन्द्रीय समिति बैठकले निर्णय गरेको स्मरण गराएका छन् । 'पार्टी तराई मधेशमा देखिएका समस्या समाधानका लागि सधै तयार रहेको जानकारी गराउदै कांग्रेस नेतृत्वको सरकारले अन्तरिम संविधानमा समेवेश भएका तर संविधानसभाबाट जारी नयाँ संविधानमा छुटेका समावेशीता र समानुपातिक सहभागिता तथा जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने व्यवस्थाका लागि संविधान संसोधन प्रस्ताव संसदमा दर्ता गराइसकेको समेत स्मरण गराउन चाहान्छु,' अपीलमा भनिएको छ, 'संविधान संसोधन प्रस्ताव अगाडि बढाउनका लागि आगामी संसदको बैठकबाट पहल सुरु निर्णय समेत गरिसकेको छ ।'
त्यसका लागि कांग्रेसले आइतबार बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको छ ।