काठमाडौं–एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा निर्वाचित भएको एक महिना पुग्नलाग्दासमेत सरकारले पुर्णता नपाएको भन्दै आलोचना हुन थालेपछि एमालेले आफ्नोतर्फबाट सरकारमा सहभागी हुनेमन्त्रीको चयन गर्न छलफल गरिरहेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा नेताहरुले आफ्नोतर्फबाट सरकारमा सहाभागी मन्त्रीको चयन गर्ने स्रोतले जनायो । एमालेले सरकारमा सहाभागी मन्त्रीको चयन गरेपछि आजै दिउँसो चार बजे मन्त्रिपरिषद विस्तार हुने भएको छ। स्रोतका अनुसार एमालेले उपाध्यक्ष भीमरावललाई रक्षासहित उपप्रधानमन्त्री बनाउने भएको छ।
यसैगरी उपमहासचिव विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने भएको छ। एमालेकातर्फबाट आठ मन्त्री मध्ये तीन जनाले यसअघि नै सपथ लिइसकेका छन्। बिहीबार अन्य मन्त्री र केही राज्यमन्त्रीलाई सपथ दिलाउने एमालेले जनाएको छ।