काठमाडौं-नेपालकालागि भारतीय राजदूत रणजीत रायले मधेसमा जारी आन्दोलनमा भारतीय सहयोग नभएको बताएका छन्। पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालसँग कोटेश्वरस्थित निवासमा भेट्दै राजदूत रायले अान्दोलनमा भारतीय सहयोग रहेको भनि भैरहेको प्रचार सत्य नभएको बताएका छन्।'भेटमा राजदूतले पछिल्लो समयमा नेपाल–भारत सम्बन्धमा केही समस्या देखिएको र नेपालमा भारतप्रति नकारात्मक भावना बृद्धि भैरहेको प्रति चिन्ता व्यक्त गर्नुभयो,' नेपालका स्वकीय सचिव मोहन गौतमले भने, 'भारतले नाकाबन्दी नगरेको र मधेस केन्द्रित दलहरुको आन्दोलनलाई भारतले सहयोग गरेको भनी गरिएको प्रचार सत्य नभएको कुरा उल्लेख गर्नुभयो।'
भेटमा राजदूतले केहीदिन पहिले सरकार तथा आन्दोलनरत पक्षको वार्ता सकारात्मक भएको समाचारले आफूहरुपनि खुसी भएको बताएका थिए।
नेता नेपालले आपूर्ति समस्याका कारण नेपाली जनताले पाइरहेको कष्टप्रति संवेदनशील हुन राजदूतमार्फत भारत सरकारसँग आग्रह गरेका थिए। भारत विरोधी धारणा विकास हुनमा के–कस्ता कुराहरुले प्रभाव पार्यो भनी विशेष अध्ययन गर्नुपर्ने र त्यसको आधारमा समाधान खोज्नुपर्ने नेता नेपालले सुझाएको गौतमले बताए।