मन्त्रीको टुंगो लगाउन एमाले स्थायी कमिटी जारी
१७ कार्तिक २०७२
•
२ मिनेट पाठ
मन्त्रीको टुंगो लगाउन एमाले स्थायी कमिटी जारी
काठमाडौं–प्रधानमन्त्रीमा निर्वाचित भएको एक महिना पुग्न लाग्दासमेत केपी ओलीले सरकारलाई पुर्णता पाउन नसकेपछि एमालेको आफ्नोतर्फबाट मन्त्री चयन गर्न स्थायी कमिटीको बैठक बसिरहेको छ।एमाले पार्टी कार्यालय धुम्बाराहीमा जारी स्थायी कमिटीको बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउने एक सदस्यले जनाए। उनका अनुसार आजको बैठकले सरकारमा पार्टीकातर्फबाट सहभागी हुने मन्त्रीको नाम चयन गर्नेछ।




एमालेले सोमबार पनि मन्त्रीको नाम चयन गर्न स्थायी कमिटीको बैठक बोलाएको थियो। तर समसामयिक राजनीतिक विषयमा छलफल गर्दा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ओली टेलिफोन सम्बाद गरेपछि मन्त्री चयन गर्ने विषयले बैठकमा प्रवेश नै पाएको थिएन।

सरकार गठन भएको लामोसमयसम्म पनि सरकारलाई पुर्णता दिन नसकेको भन्दै प्रधानमन्त्री ओलीको आलोचना भइरहेको छ। सरकारमा एमालेले दश मन्त्रालय पाउने दलहरुबीच सहमति भएपनि हालसम्म एमालेले तीन जना मन्त्रीलाई मात्र सपथ खुवाएको छ। त्यसमा पनि एकजना मन्त्रीलाई विना विभागीय बनाइएको छ। पार्टीभित्रको आन्तरिक विवादले एमालेले मन्त्री चयन गर्न सकेको छैन। आजको बैठकले भने सरकारमा सहभागीहुने मन्त्रीको टुंगो लगाउने बताइएको छ।
अर्को समाचार
एमालेले मन्त्रीको नाम टुंगो लगाएन
२५ जेष्ठ २०६६
•
५ मिनेट पाठ
एमालेले मन्त्रीको नाम टुंगो लगाएन
मन्त्रालय टुंगो लगाएपछि मात्र मन्त्रीको नाम
काठमाडौं, जेठ २५ (नागरिक) - नेकपा एमाले स्थायी समितिको बैठकले सोमबार पनि आफ्ना तर्फबाट सरकारमा पठाउने मन्त्रीहरुको नाम टुंगो लगाउन सकेन। यही कामका लागि बैठक पार्टी मुख्यालय बल्खुमा सोमबार बिहान तीन घन्टा बसेको थियो।
"सरकारमा जाने मन्त्रीहरुको नाम टुङ्गो लगाउन पहिले मन्त्रालय कुन कुन पाइन्छ भन्ने कुराको टुंगो लगाउनुपर्छ", एमाले सचिव शंकर पोख्रेलले भने- "सत्ता साझेदार अन्य दलसँग छलफलपछि आज साँझसम्म एमालेले आफ्ना तर्फबाट जाने मन्त्रीको नाममा टुंगो लगाउन सक्छ।"




सरकारमा पठाउने मन्त्रीहरुको नामबारे भने छलफल भएको पोख्रेलले जानकारी दिए। मन्त्रीका लागि प्रस्ताव गरिएका एमाले नेतामा महासचिव ईश्वर पोख्रेल, सचिव शङ्कर पोखरेल, नेता भीम रावल, रवीन्द्र श्रेष्ठ, रघुवीर महासेठ, रकम चेम्जोङ, भानुभक्त जोशी, जीतु गौतम, महमद आलम, रिजमान अन्सारी र डिल्लीबहादुर महत लगायत् छन्।

सोमबार बिहानसम्मको छलफलमा सचिव पोख्रेल र माओवादीबाट एमाले प्रवेश गरेका रवीन्द्र श्रेष्ठ मन्त्री हुने निश्चित भए पनि कुन मन्त्रालय एमालेको भागमा पर्छ भन्ने अन्योलका कारण एमालेले कसैको पनि नाम सार्वजनिक गरेको छैन।

श्रेष्ठलाई शान्ति मन्त्रालय दिने तयारीमा एमाले छ। सुदूर पश्चिमबाट भीम रावल, भानुभक्त जोशी र डिल्लीबहादुर महतमध्ये एक जना चयन गरिने पार्टी स्थायी समितिका एक सदस्यले जानकारी दिए ।
अध्यक्ष झलनाथ खनाल पक्षधर सुरेन्द्र पाण्डे अर्थ र केपी ओली पक्षधर विद्या भण्डारीलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिइए पनि एमालेको आन्तरिक शक्ति संघर्षका कारण थप मन्त्री चयन हुन नसकेको हो। रक्षा कांग्रेसलाई दिएको अवस्थामा भण्डारीलाई गृहमन्त्री बनाउनुपर्ने  दबाबमा प्रधानमन्त्री नेपाल छन्।

कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले यसअगाडि नै ओलीलाई गृहमन्त्रीको जिम्मेवारी सम्हाल्न अनुरोध गरेका थिए तर उनले त्यसमा सहमति जनाएका छैनन्।

गृह र अर्थ एमालेले तथा परराष्ट्र र रक्षा कांग्रेसले राख्ने सहमति भएमा अध्यक्ष खनाल पक्षधरले महासचिव ईश्वर पोख्रेललाई गृहमन्त्रीमा अगाडि सारेका छन्।

सचिव पोख्रेलले सोमबार कांग्रेस र तराई मधेश लोकतान्त्रिक पार्टीसँग छलफल गरी मन्त्रिपरिषद्लाई पूर्णता दिन कोसिस गरिने बताए।




केन्द्रीय समितिको  बैठक जारी

स्थायी समिति बैठकपछि सोमबार नै केन्द्रीय समितिको पूर्ण बैठक बसेको छ। पार्टीको आठौँ महाधिवेशन सकिएको चार महिना बितिसक्दा पनि एमालेले आन्तरिक जिम्मेवारी बाँडफाँट नभएकाले सोमबारको केन्द्रीय समितिले जिम्मेवारी बाँडफाँट गर्ने नेताहरुले बताएका छन्।

एमाले केन्द्रीय समितिको पहिलो बैठकले स्थायी समिति गठन र दोस्रो बैठकले पोलिटब्युरो गठन गरे पनि उनीहरुको थप जिम्मेवारीसमेत बाँड्न बाँकी नै छ।

बैठकमा महासचिव ईश्वर पोखरेलले तयार गरेको प्रस्तावमाथि छलफल हुने र कार्यविभाजनबारे छलफल गर्ने कार्यक्रम छ।  बैठकमा केन्द्रीय सदस्यहरुको कार्यविभाजन, सरकारको नेतृत्व लिएपछिको रणनीतिलगायत् विषयमा छलफल हुने सचिव पोख्रेलले बताए।

बैठकले विदेश, सङ्गठन, स्कूल, प्रचार विभागलगायत् उपत्यकासहित ९  विभागको जिम्मेवारी तोक्नेछ । त्यस्तै विभागीय जिम्मेवारीसँगै अञ्चल इन्चार्ज पनि यही बैठकबाट तोक्ने तयारी छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस