पानीट्यांकी, भारत– एक साताभन्दा लामो समयदेखि सीमावर्ती पानीट्यांकी नाकामा रोकिएका चार सयभन्दा धेरै मालबाहक सवारी साधनको नेपाल प्रवेश झन् पर धकेलिएको छ।वीरगञ्ज गोलीकाण्डमा आफ्ना नागरिक मारिएपछि पूर्वी नाकामा पनि भारतीय सुरक्षाकर्मी कठोर बनेको छ। नाकामा रोकिएर बसेका नेपाली चालकहरुका अनुसार वीरगञ्ज घटनापछि भारतीय सुरक्षाकर्मीहरुले 'अब यतै रोकिएर बस्ने दिन लम्बिएको' भन्दै नेपाली चालकहरुलाई तर्साउन थालेका छन्। 'मंगलबार बिहान काँकडभिट्टा पुग्छौ भनिरहेका एसएबीका अधिकारीहरुले अब तिमीहरुको नेपाल जाने मिति निश्चित छैन भने', ट्रक चालक नारायण चौधरीले नागरिकन्यूजसँग भने, 'अब बसाई लम्बिएला जस्तो छ।'
पानीट्यांकी नाकामा चार सयभन्दा बढी साधन रोकिएका छन्। जसमा इन्धनका १९ वटा छन्। भारतीय नाकामा रोकिएका साधनमा भारतीय युवा समूहले चन्दा आतंक मच्चाएर मनपरी रकम असुलेको गुनासो नेपाली चालकहरुको छ।
मंगलबार बिहान ११ बजेसम्ममा एउटा हवाई इन्धन र एउटा एलपी ग्यासको बुलेटसहित १५ वटा गाडी मात्रै नेपाल छिरेका छन्। इण्डियन आयल कर्पोरेशनको सिलिगुढी डिपोबाट इन्धन भरेर आउने साधन आज थपिँदैछन्। 'यता मालबाहक गाडी आउन एकदमै कम भएको छ', काँकडभिट्टा प्रहरी प्रमुख डिएसपी श्यामकृष्ण अधिकारीले भने।