काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्तामा भारतीय नाका खोले भारतीय मालवहाक सवारी साधनलाई नेपालमा पूर्ण सुरक्षा दिने प्रतिवद्धता जनाएका छन्।वीरगञ्ज झपडमा एक भारतीय नागरिकको मृत्यु भएपछि भएको टेलिफोन वार्तामा नेपाली प्रधानमन्त्री ओलीले भारतीय मालवहाक ढुकानीका सावारी साधनहरुमा कुनै प्रकारको समस्या नहुने जानकारी गराएका हुन्।
पार्टी मुख्यालय धुम्बाराहीमा एमाले स्थायी कमिटीको बैठक जारी रहेको समयमा दुवै देशका प्रधानमन्त्रीबीच टेलिफोन सम्पर्क भएको थियो।
बैठकमा प्रधानमन्त्री ओलीले मोदीसँग भएको टेलिफोन वार्तामा जानकारी गराएका थिए। 'भारतीय प्रधानमन्त्री मोदीले मालबहाक सवारी साधान भारततर्फ कुनै प्रकारको समस्या नरहेको बताएपछि प्रधानमन्त्रीले नेपाल प्रवेश गर्ने मालवहाक साधानलाई नेपालतर्फ सुरक्षा दिने प्रविद्धता व्यक्त गर्नु भएको हो,' एमाले सचिव तथा प्रचार विभागका प्रमुख भट्टराईले नागरिकन्युजसँग भने।
भारतको अघोषित नाकाबन्दी गर्दै मालबहाक सवारी साधनलाई नेपाल आउन रोके पनि नेपालको जारी प्रदर्शनको त्यस्तो भएको बताउँदै आएको छ। भारतले आफ्नोतर्फबाट कुनै प्रकारको अवरोध नभएको दावी गर्दै आएको छ। भारतीय प्रधानमन्त्री मोदीसँग भएको टेलिफोन वार्तामा प्रधानमन्त्री ओलीले वीरगञ्ज घटनाको बारेमा समेत जानकारी गराएका थिए।
प्रधानमन्त्री ओलीले वीरगञ्जको झपडमा मारिएको भारतीय नागरिक आन्दोलनकारी भएको जानकारी गराएका थिए।
'वीरगञ्ज नाकामा खुलाएपछि शुरु भएको आन्दोलनमा आन्दोलनकारीहरुले प्रहरी चौकी सहित सरकारी कार्यालय तथा व्यक्तिको सम्पत्तिमा आक्रमण गरेको र प्रहरीमाथि ढुंगामुढा गर्नेहरुलाई नियन्त्रण लिने क्रममा लिने क्रममा प्रहरीको गोली लागि एक प्रदर्शनकारी मारिएका हुन्' भट्टराईले नागरिकन्युजसँग भने, 'मारिएको प्रदर्शनकारी पछि मात्रै भारतीय नागरिकसँग भएको खुलेको जानकारी गराउनु भयो।'
सीमामा भएको अवरोध हटेपछि वीरगञ्जमा अड्किएर रहेको भारतीय खाली ट्रकहरु भारततर्फ लागेको थिए ।
यसैबीच वीरगञ्जको सीमा नाकामा भएको झपडको बारेमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतीय विदेश मन्त्रालयका अधिकारीहरुसँग छलफल गरेका छन् । छलफल भारतीय विदेश मन्त्रालयमा भएको थियो ।
मन्त्रीपरिषदलाई पूर्णता दिन बसेको आइतबारको बैठक स्थायी कमिटीको बैठक पछि पछिल्लो देशको परिस्थितिको बारेमा छलफल मै बढी केन्द्रीत भएको थियो । बैठकले सरकारलाई मधेशी मोर्चासँग हुने वार्तामा राष्ट्रिय एकता, भौगोलिक अखण्डता तथा जातीय सद्भाव नखल्वलिने गरी वार्ता गर्न सुझाव दिएको छ ।
'बैठकले अहिले देखिएको आपूर्ति समस्याको समाधानका लागि वैकल्पिक उपयाहरु अपनाउन र यस्तो समस्याको दीर्घकालीन समाधान खोज्न समेत आग्रह गरेको छ,' सचिव भट्टराईले नागरिकसँग भने ।
मन्त्रिपरिषदलाई पूर्णता दिन बैठक बसे पनि समसायमीय परिस्थितिको बारेमै छलफल केन्द्रीत भएपछि सो विषयमा प्रवेश नै गर्न पाएन ।
बैठकले राष्ट्रपतिमा निर्वाचित भएपछि पार्टी सदस्य समेतबाट उपाध्यक्ष विद्या भण्डारीले दिएको राजिनमा स्वीकृत गरेको छ । त्यसैगरी बैठकले राष्ट्रपति, उप राष्ट्रपति, सभामुख तथा उप सभामुखलाई बधाइ समेत दिएको छ ।