काठमाडौं–नेपाल आयल निगमले बिहीबार, शुक्रबार र शनिबार तीन दिन निजी सवारी साधानलाई मात्र इन्धन उपलब्ध गराउने भएको छ। यसअघि सबै सवारी साधनलाई इन्धन उपलब्ध गराउँदै आएको निगयमले तीन दिन भने निजी सवारी साधनलाई मात्र इन्धन उपलब्ध गराउने भएको हो।निगमका एलपिजी विभाग प्रमुख मुकुन्द घिमिरेका अनुसार तीन दिन काठमाडौंका ५० भन्दा बढी पेट्रोल पम्पबाट इन्धन वितरण गरिँदैछ। निगमका अनुसार लट सिस्टममा इन्धन वितरण गर्न लागिएको हो। बिहीबार १देखि ३० लटसम्मका बाइकलाई तेल वितरण गर्ने, शुक्रबार ३१ देखि ५० र शनिबार ५१ लटभन्दा माथिका बाइकलाई तेल वितरण गरिने घिमिरेले जनाए। बाइकको लट तय भएपनि गाडीको भने तय हुन बाँकी रहेको उनले बताए।
अर्को समाचार
बिहीबारदेखि शनिबारसम्म निजी सवारीलाई मात्र तेल वितरण गरिने
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।
विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।
कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।
यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस

यो पनि पढौँ
ट्रेन्डिङ