काठमाडौं-मन्त्रिपरिषदलाई पूर्णता दिने भएको ढिलो भएको भन्दै आलोचना शुरु भएपछि नेकपा एमालेले मन्त्री छान्नका लागि स्थायी कमिटीको बैठक बोलाएको छ। सोमबार अपरान्ह ४ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा स्थायी कमिटीको बैठक हुने छ।'पछिल्लो राजनीतिक अवस्था, सरकारको काम र मन्त्रिपरिषद विस्तारको बारेमा छलफल गर्न ' एमाले प्रचार विभागका प्रमुख योगेश भट्टराईले नागरिकन्युजलाइ बताए । सत्तारुढ गठबन्धनका अन्य राजनीतिक दलहरुको मन्त्रि बनिसक्दा पनि सरकारको नेतृत्व गरेको दल एमालेको तर्फबाट सरकारमा जाने नाम अन्तिम टुङ्गो लाग्न सकेको छैन।
एमालेका नेताहरुले दस मन्त्रालय परेको बताउँदै आएका छन्। एमालेको तर्फबाट अग्नि खरेलले कानुन न्याय तथा संसदीय मामिला र सोमप्रसाद पाण्डे उद्योग मन्त्री बनेका छन् भने सत्यनारायण मण्डललाई विना विभागीय मन्त्रीको रुपमा सपथ गराइएको छ।