काठमाडौं–नेपालले आफ्नो राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताको सुरक्षार्थ गरेको प्रयासलाई चीनले समर्थन तथा सहयोग गर्ने बताएको छ।नेपाल आफ्नो असल मित्र तथा छिमेकी भएको उल्लेख गर्दै चीनले नेपालमा राजनीतिक स्थायित्व कायम गर्न भारतसँग सौहार्दपूर्ण रुपमा छलफल गर्न सक्ने समेत जनाउ दिएको छ। 'चीन र नेपाल असल छिमेकी हुन् । आफ्नो राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताको सुरक्षा गर्न नेपालले गरिरहेको प्रयासको चीन समर्थन गर्छ र नेपालको विकासमा के कस्तो सहयोग गर्न सकिन्छ त्यो सबै सहयोलाई हामी निरन्तरता दिन चाहन्छौं,' चीनको राजधानी बेइजिङमा बिहीबार आयोजित पत्रकार सम्मेलमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले भने।
चीनबीच इन्धन आपूर्ति गर्ने सम्बन्धमा नेपाल र चीनबीच समझदारी पत्रमा हस्ताक्षर भएको भोलिपल्ट आयोजित पत्रकार सम्मेलनमा चीनले नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताको बारेमा मुख खोलेको हो । भारतले एक महिना अघिदेखि लगाएको नाकाबन्दीका कारण इन्धन अभाव हुँदा जनजिवन प्रभावित भएपछि नेपालले विकल्पको रुपमा चीनबाट इन्धन ल्याउने सहमति गरेको थियो। यससँगै इन्धन आपूर्तिमा ४० बर्ष देखिको भारतीय एकाधिकार अन्त्य भएको थियो।
बुधबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा पनि विदेश मन्त्रालयका प्रवक्ता काङले नेपालमा स्थायित्व कायम गर्न भारतसँग पनि छलफल गर्न सकिने जनाउ दिएका थिए। चीन र भारत नेपालमा राजनीति स्थायित्व कायम गर्न छलफल गरिरहेका छन्, हो ? भनी पत्रकारले सोधेको प्रश्नमा प्रवक्ता काङले भने, 'राज्यहरुबीच मैत्रीिपूर्ण सम्बन्धको विकास गर्न र क्षेत्रिय स्थायित्व कार्य गर्न सकिन्छ भन्ने विश्वास हाम्रो छ । हामी आशा गर्छौ सबै सम्बन्धीत देश एक ठाउँमा बसी सहकार्य र सौहार्दपूर्ण छलफल गर्न सकिन्छ, जसले सबैलाई अनूकुल हुने सहमति निस्कन सक्छ ।'
नेपालले जतिसक्दो छिटो स्थायीत्व पुनःस्थापना गर्नेमा उनले आशा व्यक्त गरे। नेपालले मागे अनुसारको सहयोग चीनले उपलब्ध गराउने समेत उनले बताए । नेपाल र चीन नजिक रहेर कार्य गरिरहेको उनले स्पष्ट पारे।