काठमाडौं– चीन सरकारले नेपाललाई दिने भनिएको अनुदानको तेल लिन शुक्रबार बिहान नेपालस्थिति चिनियाँ दूताबासका अधिकारीसहित नेपाल आयल निगमको अधिकारी टोली तिब्बतको केरुङ नाकामा जाने भएको छ।
निगमका प्रवक्ता दीपक बरालसहितका अघिकारी तेल ढुवानी गर्ने १२ ओटा ट्यांकरसहति केरुङ जान लागेको प्रवक्त बरालले जानकारी दिए । चीन सरकारले नेपाललाई अनुदानमा दिने घोषणा गरेको १ हजार मेट्रिक टन(१३ लाख लिटर) तेल मध्ये पहिलो खेपमा १ सय टन(१ लाख ४४ हजार लिटर) तेल ल्याउन लागिएको उनले बताए।उनका अनुसार नाकामा आउन सक्ने सम्भावित सुख्खा पहिरोलाई मध्येनजर गरेर नाका क्षेत्रमा पहिरो पन्छाउनका लागि डोजरहरु तयारी अवस्थामा राखिएको छ। उक्त अनुदानको तेल आइतबार सम्ममा काठमाडौं ल्याइ पुर्याउने निगमको योजना छ। शुक्रबारबाट तेल ल्याउन शुरु हुने प्रक्रिया अनुसार कात्तीकभरीमा अनुदानको तेल ल्याइसक्ने र नयाँ सम्झौता अनुसार व्यावसायीक रुपमा तेल आयात गर्न शुरु गर्ने निगमको तयारी छ ।