काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई सबैभन्दा पहिला बधाई तथा शुभकामना दिएको उत्तरी छिमेकी चीन राष्ट्रपतिलाई बधाई दिन पनि उत्तिकै जाँगरिलो देखिएको छ। राष्ट्रपतिमा निर्वाचित हुनासाथै भण्डारीलाई चीनले पहिलो बधाई दिएको हो।
नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताई भण्डारी निवास थापागाउँ पुगेर बुधबारै चीन सरकारको बधाई सन्देश सुनाए। केपी शर्मा ओली प्रधानमन्त्री निर्वाचित भएर पार्टी केन्द्रीय कार्यालय धुम्बाराही पुग्दा बधाई तथा शुभकामना दिन चिनियाँ राजदूत त्यहीँ उपस्थित थिए।
भारतीय नाकाबन्दीपछि चीनकाे सक्रियतालाइ अर्थपूर्ण रूपमा हेरिएकाे छ।
नव निर्वाचित राष्ट्रपति भण्डारीलाई छिमेकी तथा मित्र राष्ट्रहरुले बधाई दिनेक्रम जारी छ। उत्तरी छिमेकी चीन, अमेरिका तथा दक्षिणी छिमेकी भारतले उनलाई बधाई दिएका छन्।
नव निर्वाचित राष्ट्रपतिलाई बिहीबार अमेरिकाले बधाई तथा शुभकामना दिएको हो। बधाई सन्देशमा अमेरिकाले नेपालको सम्वृद्धि, एकता र स्थायित्वका लागि सहयोग र सहकार्य गर्न तयार रहेको उल्लेख गरेको थियो।
दक्षिणी छिमेकी भारतले नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई बधाई दिएको छ। भारतीय राजदूत रञ्जित रे बिहीबार बिहान निवास पुगेरै राष्ट्रपतिलाई भारतको तर्फबाट बधाई सन्देश सुनाएका छन्। फूलको बुके बोकेर थापागाउँ पुगेका उनले राष्ट्रपतिलाई भारतीय राष्ट्रपतिको तर्फबाट बधाई तथा शुभकामना सन्देश सुनाएका थिए।