काठमाडौं–मुलुकले गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति पाउन लाग्दा वर्तमान राष्ट्रपतिलाई कसरी विदाइ गर्ने भन्ने बारेमा शीतल निवासमा छलफल चलिरहेको छ।संविधानमा कुनै स्पष्ट व्यवस्था नभएका कारण वर्तमान राष्ट्रपतिलाई कसरी विदाइ गर्ने भन्ने बारेमा छलफल भएको हो । राष्ट्रपतिका कानुनी सल्लाहकार ललित बस्नेतले औपचारिक रुपमा नयाँ राष्ट्रपति र निर्वतमान राष्ट्रपतिबीच कुर्सी साटासाट भएपछि राष्ट्रपतिको औपचारिक विदाइ हुने बताए ।'नयाँ राष्ट्रपतिले शपथ ग्रहण नगरेसम्म वर्तमान राष्ट्रपति नै राष्ट्राध्यक्ष मानिनुहुन्छ,' बस्नेतले नागरिकन्युजसँग भने,'नयाँ राष्ट्रपतिले शपथ ग्रहण गरेस कुर्सी साटेपछि औपचारिक रुपमा बर्तमान राष्ट्रपतिको विदाइ हुन्छ।'
नयाँ राष्ट्रपतिको शपथ ग्रहणपछि बर्तमान राष्ट्रपतिले आफू बसेको कुर्सी नयाँ राष्ट्रपतिका लागि खाली गराउने छन्। बर्तमान राष्ट्रपतिको विदाइ गर्नुपूर्व अन्तिम सलामी दिने र नयाँ राष्ट्रपतिले पहिलो सलामी लिएपछि बर्तमान राष्ट्रपतिको विदाइ गर्ने कार्यक्रम शीलत निवासले तय गरेको स्रोतले जनायो।