काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाई टेलिफोन गरेका छन्।
प्रधानमन्त्रीले सोमबार राति लण्डन भ्रमणमा रहेका पाकिस्तानका प्रधानमन्त्री महामहिम नवाज सरिफलाई टेलिफोन गरी भूकम्पले पाकिस्तानमा पुर्याएको जनधनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दै मृतकहरुप्रति समबेदना प्रकट गरेका छन्।
अफगानिस्तानको हिन्दकुश पर्वतमा २०७२ कार्तिक ९ गते सोमबार दिउँसो गएको शक्तिशाली भूकम्पले पाकिस्तान र अफगानिस्तानमा ठूलो धनजनको क्षति पु¥याएको थियो। सो प्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट प्रधानमन्त्रीले गहिरो दुख व्यक्त गरेका छन्।
प्रधानमन्त्रीले विपदको घडीमा नेपाल सरकार र नेपाली जनता सदैव पाकिस्तान सरकार र पाकिस्तानी जनताको साथमा रहेको बताए। प्रधानमन्त्री ओलीले पाकिस्तानलाई परेको बिपदमा नेपाल सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबध्दता सरिफ समक्ष व्यक्त गरेका थिए।