काठमाडौं— शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारुढ दलहरुको बैठकले सरकारको साझा न्युनतम कार्यक्रम तय गर्न एमाले उपाध्यक्ष भीम रावलको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको छ।कार्यदलले साझा कार्यक्रम खाका आइतबार दलका शीर्ष नेताहरुलाई बुझाउने छ।
कार्यदलमा एमालेका तर्फबाट स्थायी कमिटी सदस्य शंकर पोखरेल, एकीकृत नेकपा माओवादीका सचिव वर्षमान पुन, राप्रपा नेपालका सुरेश आचार्य र मधेशी जनाधिकार फोरम नेपाल लोकतान्त्रिकका महासचिव जितेन्द्र देव सदस्य छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार कार्यदलले सरकारका न्युनतम साझा कार्यक्रम निर्धारण गर्नेछ।