काठमाडौं- उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले अवरोध नभएको नाकानजिकैका डिपोबाट नेपाललाई इन्धन उपलब्ध गराउन भारतीय अधिकारीले आश्वासन दिएको बताएका छन्। नेपालमा जारी नाकाबन्दीका विषयमा भारतका उच्च अधिकारीसँग वार्ता गरी फर्केका थापाले सोमबार त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलमा सञ्चारकर्मीसँग भने, 'भारतीय अधिकारीहरूले अवरुद्ध नाकामा रोकिएका ट्रकको रिरुटिङ गरेर अन्य नाकाबाट ल्याउन सहजीकरण गर्ने बताएका छन्।'
उपप्रधानमन्त्री थापाले नेपालमा भएको राजनीतिक परिवर्तन र संविधान निर्माणका बारेमा पनि भारतीय पक्षलाई जानकारी गराएको बताए। 'नेपालको संविधानमा प्रजातन्त्रको अन्तर्राष्ट्रिय मूल्यमान्यता कायम रहेकेा र त्यो अब कार्यान्वयनको चरणमा रहेको जानकारी गराएँ,' उपप्रधानमन्त्री थापाले भने, 'इन्धन लगायतका सामग्री कुनै एक नाकामा अवरुद्ध भए ट्रक–ट्यांकरलाई अन्य नाकामा लैजान सहजीकरण गर्ने आश्वासन पाएका छौं।'
तीनदिने भारत भ्रमणका क्रममा उपप्रधानमन्त्री थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमत्री सुषमा स्वराज, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र विदेश सचिव एस जयशंकरसँग छुट्टाछुट्टै वार्ता गरेका थिए।
'नेपाल–भारतको सीमा नाकाबाट सामान ल्याउन भारतीय पक्षबाट कुनै प्रकारको अवरोध नरहने र खोलिएको सबै नाकालाई जतिसक्दो बढी प्रयोग गर्न सकिने पनि उहाँहरूले बताउनुभएको छ,' थापाले भने, 'भातरीय पक्षले नाकासम्म कुनै पनि अवरोध नहुने आश्वासन दिएको छ।'
भारत सरकारको अघोषित नाकाबन्दीका कारण इन्धनसहित अत्यावश्यक सामग्रीको अभाव नेपालभर भएको छ।
'आवागमन र वस्तु तथा इन्धनको अवरोधले गर्दा जनताले भोग्नुपरेको समस्याका बारेमा भारतीय नेता र पदाधिकारीसँग अत्यन्तै गम्भीरताका साथ उठाएँ,' थापाले भने, 'भारतीय प्रधानमन्त्री तथा विदेशमन्त्रीसहित पदाधिकारीले नेपालको अवस्थाप्रति चिन्ता र चासो व्यक्त गर्नुभएको छ।'
थापाका अनुसार आफ्नोतर्फबाट अवरोध नभएको जिकिर दोहोर्यागउँदै भारतीय उच्च अधिकारीले आन्तरिक समस्याको समाधान भए अवरोध हट्ने बताएका छन्। उपप्रधानमन्त्री थापाले आन्दोलनकारीसँग सहमतिबाटै अहिलेको समस्या सुझिल्ने बताएका थिए। 'आन्तरिक समस्याको राजनीतिक निकास खोजे सबै समस्यको हल हुन्छ,' उनले भने।
उपप्रधानमन्त्री थापाअनुसार भारतीय अधिकारीहरूलाई सरकारले आन्दोलनकारीको मागलाई सम्बोधन हुने गरी संविधान संशोधन प्रस्ताव अघि बढाएको, प्रधानमन्त्रीले पत्र नै लेखेर वार्ताका लागि आह्वान गरेको र सरकारले वार्ता टोली गठनसमेत गरिसकेको जानकरी गराएका थिए। संविधानप्रति असन्तुष्टि जनाउँदै मधेसकेन्द्रित दलहरूले विगत २ महिनादेखि तराई क्षेत्रमा आन्दोलन गर्दै आएका छन्।
उपप्रधानमन्त्री थापाले सोमबार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनकै निवासमा भेट गरेका थिए। थापाले भारत भ्रमणबाट आफू आशावादी भएको बताएका छन्। भारतीय अधिकारीसँगको भेटमा उपप्रधानमन्त्री थापाले संविधानसभाबाट संविधान निर्माण गर्ने प्रक्रिया अन्यन्तै जटिल रहेको र यसले सबैलाई चित्त बुझाउन नसक्ने अवस्थाको बारेमा पनि जानकारी गराएको थापाले बताए।
भारतीय अधिकारीसँगको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका बारेमा समेत छलफल भएको बताएका छन्। 'मेरो भ्रमणले प्रधानमन्त्रीको भ्रमणका लागि आधार तयार पारेको छ। मिति भने दुवै देशलाई अनुकूल हुने गरी छिट्टै तोकिनेछ,' थापाले भने।
गत आइतबार प्रधानमन्त्रीमा निर्वाचित हुनेबित्तिकै ओलीलाई भारतीय प्रधानमन्त्री मोदीले बधाई दिँदै भारत भ्रमणको निम्तो दिएका थिए।