काठमाडौं-संविधानअनुसार प्रधानमन्त्री र सभामुख चयनपछि सबैका आँखा दसैँलगत्तै हुने राष्ट्रपति निर्वाचनतिर सोझिएको छ । संविधान जारी गर्ने बेला दलहरूबीच देखिएको अभूतपूर्व एकता प्रधानमन्त्री निर्वाचनसम्म आइपुग्दा बिथोलियो ।तर, सभामुख र उपसभामुख चयनले दलहरूलाई फेरि नजिक्याएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तासाझेदार दलले अघि सारेको एकीकृत नेकपा माओवादीकी नेतृ ओनसरी घर्तीमगरलाई समर्थन गर्दै आगामी दिनमा सहकार्यबाट अघि बढ्ने सम्भावना फेरि जगाएको छ ।
'सहमतिबाट सभामुख उम्मेदवारलाई सर्वसम्मत निर्वाचित गराएको भए त्यसले छुट्टै सन्देश दिने थियो, थप पराजयले नकारात्मक सन्देश जानसक्ने भएकाले कांग्रेसले उम्मेदवारी नदिएको हुनसक्छ,' एमालेका उपमहासचिव घनश्याम भुसालले भने, 'राष्ट्रपति निर्वाचन दलहरूबीच सहमतिको बिन्दु हुनसक्छ ।'
त्यसका लागि विगतमा तीन दलको सहमति तोड्न भएको विदेशी चलखेलबारे कांग्रेसले बुझ्न आवश्यक रहेको उनले बताए । 'संविधान निर्माण प्रक्रियामै तीन दलको सहकार्य तोड्ने ठूलो कोसिस भएको थियो तर प्रधानमन्त्री निर्वाचनको समयमा कांग्रेसले बुझ्न सकेन,' उपमहासचिव भुसालले भने, 'देशको दीर्घकालीन हितका लागि मिलेर जानुको विकल्प छैन, त्यसलाई सहमतीय राजनीतिबाट बाहिरिएको कांग्रेसले महसुस गर्नुपर्छ ।'
यसअघि प्रमुख प्रतिपक्षी दल कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपतिसहित सबै पदमा उम्मेदवारी दिने निर्णय गरेको थियो । संविधान जारी गरेपछि सबैभन्दा ठूलो नेपाली कांग्रेसलाई राष्ट्रपति, दोस्रो दल नेकपा एमालेलाई प्रधानमन्त्री र तेस्रो ठूलो दल एकीकृत नेकपा माओवादीलाई सभामुख दिनेगरी भद्र सहमति भएको दलहरूले बताउँदै आएका छन् ।
संविधान जारी भएपछि कार्यान्वयन समयसम्म एक भएर अघि बढ्ने भनेका दलहरु एकाएक परिवर्तन भए । जेठ २५ गते संविधान जारी गर्ने विषयमा १६ बुँदे सहमति गर्ने दलमध्ये कांग्रेस सहकार्यबाट बाहिरिन पुगेको छ ।
संविधान जारी भएपछि दलहरूबीचको एकताबाट बाहिरिएको कांग्रेसका सभापति सुशील कोइरालालाई पराजित गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।
एकीकृत नेकपा माओवादीका सचिव तथा प्रमुख सचेतक गिरिराजमणि पोखरेल संविधान कार्यान्वयनको जटिल चरणमा प्रवेश गरेकाले प्रमुख तीन दिन मिल्न आवश्यक रहेको बताउँछन् । राष्ट्रपति निर्वाचन मिलनबिन्दु हुनसक्ने उनको तर्क छ । 'संविधान निर्माण प्रक्रिया रोक्न नसक्नेहरू अहिले कार्यान्वयनअसफल बनाउने कोसिसमा लागेका छन्,' सचिव पोखरेलले नागरिकसँग भने, 'बाँकी २८ महिने अवधिका धेरै काम गर्नुपर्नेछ । त्यसका लागि तीन प्रमुख दल मिल्न आवश्यक छ ।'
उनका अनुसार अब राष्ट्रपतिबारे छलफल गर्दा कुन दललाई दिने भनेर मात्रै हुँदैन, व्यक्तिबारे पनि छलफल हुनुपर्छ । 'विगतको अनुभव हेर्दा व्यक्तिबारे पनि छलफल गरेर जानुपर्ने हुन्छ, विगतको तीतो अनुभवले व्यक्तिबारे पनि छलफल गर्न आवश्यक देखाएको छ,' पोखरेलले भने, 'संसद, सरकार र राष्ट्रपतिबीच संविधान कार्यान्वयनको वेब–लेन्थ मिल्नुपर्छ ।'
बाबुराम भट्टराई नेतृत्वको सरकारको अधिकांश काम राष्ट्रपतिले रोकेर राखेको भन्दै उनले दल मात्रै नभएर व्यक्तिबारे समेत छलफल हुनुपर्ने बताएका हुन् ।
नयाँ संविधान कार्यान्वयनमा संविधानअनुसार कानुन निर्माण, त्यसैअनुसार संरचना गठन, प्रदेश निर्माण, स्थानीय निकाय, प्रदेशिक सभा हुँदै अर्को आमनिर्वाचनसम्मको एउटा चक्र पूरा गर्न आवश्यक छ । त्यसका लागि प्रमुख तीन दलको एकमत भए सहज ढंगले काम अघि बढ्ने अनुमान गरिएको छ ।
नेपाली कांग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले सभामुखमा सत्तारुढ दलको उम्मेदवारलाई सघाउने निर्णय गरेर पार्टीले सहमति जारी रहने सन्देश दिइसकेको बताएका छन् ।
'सरकारमा बसेर मात्रै सहमति हुने भन्ने कुरा होइन, प्रतिपक्षमा बस्नु भनेको अप्ठ्यारो बनाउनका लागि मात्रै नभई सरकारको निगरानीका लागि हो,' उनले नागरिकसँग भने, 'सभामुखमा उम्मेदवारी नदिएको पनि सहमतिका लागि हो । राष्ट्रपतिमा हाम्रो उम्मेदवारी पर्छ, यस विषयमा सल्लाह भइरहेको छ ।'