काठमाडौं–व्यवस्थापिका संसदको सभामुख र उपसभामुख चयनका लागि शुक्रबार हुने मतदानमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट पनि उम्मेदवारी दर्ता भएको छ। सहमतिका आधार सभामुख र उपसभामुख चयन हुन नसकेपछि बहुमतका आधार अाज सभामुख र उपसभामुख चयन गर्न निर्वाचन हुन लागेको हो।
नेमकिपाको तर्फबाट सभामुखमा प्रेम सुवाल प्रस्तावक र डिल्ली प्रसाद काफ्ले समर्थक रहेर अनुराधा थापा मगरको उम्मेदवारी दर्ता भएको छ। उपसभामुखका उम्मेदवार डिल्ली प्रसाद काफ्लेका लागि प्रस्तावक अनुराधा र समर्थक प्रेम सुवाल छन्। यो समाचार तयार पार्दासम्म सरकार समर्थित दलहरूको तर्फबाट साझा उम्मेदवारका रूपमा तय भएका भनिएका सभामुखका उम्मेदवार ओनसरी घर्ती र उपसभामुखका उम्मेदवार गंगाप्रसाद यादवको उम्मेदवारी दर्ता भएको छैन।