काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले उचित माग संविधान संशोधनमार्फत पूरा गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलनरत राजनीतिक दललाई आन्दोलन स्थगित गरी वार्तामा आउन आह्वान गरेका छन्।'संविधान गतिशील दस्तावेज हो, संघीय प्रदेशका सीमाहरू आवश्यकताअनुरूप परिवर्तन हुँदै जाने विषय हुन्,' प्रधानमन्त्री निर्वाचित भएपछि बिहीबार संसद बैठकमार्फत पहिलो सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, 'उचित, जायज र तर्कसंगत विषयहरूलाई संविधान संशोधनका माध्यमबाट सम्बोधन गर्न सकिन्छ। त्यसैले आन्दोलन स्थगित गरी वार्तामा आउन, संवादको माध्यमबाट सार्थक परिणाममा पुग्न र जनजीवनलाई सहज बनाउन आन्दोलनरत पक्षलाई आग्रह गर्दछु।'
प्रधानमन्त्रीको सम्बोधनअघि बिहीबारै मन्त्रिपरिषद बैठकले आन्दोलनरत दललाई वार्तामा आउन आह्वान गरेको थियो। बैठकले वार्ताका लागि दलहरुसँग छलफल गर्न प्रधानमन्त्रीलाई जिम्मा दिएको थियो।
संविधानमा सर्वसम्मतिको खोजी गर्दा अनन्त समय लम्बिने हुँदा संविधान जारी गरिएको प्रस्टीकरण प्रधानमन्त्री ओलीको थियो।
'सर्वसम्मतिको खोजीमा अनन्त समय खर्चिंदा संविधान निर्माणको जनचाहना नै अधुरो रहने यथार्थबोध गरेर अत्यधिक सभासदको सहभागिता र सहमतिमा संविधान जारी गरेका हौं,' प्रधानमन्त्री ओलीले भने, 'विश्वमा प्रचलित संविधान निर्माणको लोकतान्त्रिक विधि पनि यही हो।'
प्रधानमन्त्रीले यसो भनिरहँदा मधेसी मोर्चामा आबद्ध राजनीतिक दलका सभासद भने संसदमा थिएनन्।
प्रधानमन्त्री ओलीले संविधान निर्माणमा प्राप्त सफलता दलहरुबीचको एकता र सहमतिको सुखद परिणाम भएको बताए। 'संविधान निर्माणमा प्राप्त सफलता दलहरूबीचको एकता र सहमतिको सुखद परिणाम हो,' उनले भने, 'संविधानको प्रभावकारी कार्यान्वयन गर्दै विभेदरहित, न्यायपूर्ण र समुन्नत नेपाल निर्माण गर्ने लक्ष्यप्राप्तिका लागि यस्तो सहमति आगामी दिनमा पनि आवश्यक छ।'
'देशले विगतमा झेल्नुपरेको अस्थिर राजनीति, आर्थिक दुरवस्था र अनिश्चयलाई बिर्सेझैं गरी देशको अर्थतन्त्र नै धराशयी हुने किसिमका क्रियाकलाप हुनु उचित होइन,' प्रधानमन्त्री ओलीले सम्बोधनमा भने, 'नेपालको राजनीतिक इतिहासमा यो संविधान मात्रै त्यस्तो दस्तावेज हो जसले सबै खाले विभेद र असमानता अन्त्य गर्दै सबैलाई बराबरी अधिकार, सम्मान, पहिचान र अवसरको व्यवस्था गरेको छ। प्रस्तावनादेखि अनुसूचीसम्म अध्ययन गर्दा स्पष्ट हुन्छ– संविधानको मुख्य सार नै सामाजिक न्यायसहितको लोकतान्त्रिक प्रणाली र समावेशी शासन व्यवस्थाको स्थापना हो।'
ओलीले भारतले लगाएको अघोषित नाकाबन्दीले मुलुकको अवस्था गम्भीर हुँदै गएको बताए। उनले पारवहन सुविधा नेपालको नैसर्गिक अधिकार पनि भएको बताए।
'संविधानको घोषणापछि भारतसँगको सीमा क्षेत्रमा उत्पन्न असहज परिस्थिति, अघोषित नाकाबन्दी र इन्धनलगायत अत्यावश्यक वस्तुहरूको आपूर्तिमा देखिएको व्यवधानप्रति हामी गम्भीर छौं,' प्रधानमन्त्री ओलीले भने, 'निर्वाध पारवहन सुविधा भूपरिवेष्टित राष्ट्रको नैसर्गिक हक र विभिन्न अन्तर्राष्ट्रिय अनुबन्धद्वारा प्रत्याभूत अधिकार पनि हो। यो सुविधा र द्विपक्षीय व्यापार सम्झौताअनुरुप वस्तुहरूको सहज निकासी–पैठारीमा कुनै अवरोध सिर्जना हुुनु हुँदैन।'
प्रधानमन्त्री ओलीले नेपालीका चाडपर्व नजिकिएका बेला सीमा क्षेत्रमा उत्पन्न असहज स्थिति र त्यसले आपूर्ति व्यवस्थामा पारेको व्यवधानले सम्पूर्ण नेपालीलाई दुःखी बनाएको उल्लेख गर्दै भने, 'देशले सामना गर्नुृपरेको समस्या बुझेर नेपाली दिदीबहिनी र दाजुभाइले देखाएको धैर्य र सुझबुझको म प्रशंसा गर्छु।'
प्रधानमन्त्री ओलीले भूकम्पका बेला गरेको सहयोग स्मरण गर्दै अब पनि भरोसायोग्य अन्तर्राष्ट्रिय सहयोग खाँचो रहेको बताए।
'छिमेकी मित्रराष्ट्रहरुबाट उच्च स्तरका राजनीतिक भ्रमण तथा भूकम्पको समयमा प्रदर्शित सहयोग र सद्भाव तथा त्यसबाट विकसित नेपालसँगको सम्बन्धलाई म महŒवसाथ स्मरण गर्छु,' उनले भने, 'शान्ति, पुनर्निर्माण र आर्थिक समृद्धिका लागि हामीलाई भरोसायोग्य अन्तर्राष्ट्रिय सहयोग र समर्थनको खाँचो छ। हामी आफ्ना छिमेकीलगायत सबै मित्रराष्ट्रहरूसँग संयुक्त राष्ट्र संघको बडापत्र र पञ्चशीलका सिद्धान्तका आधारमा पारस्परिक समानता, लाभ र अहस्तक्षेपको नीतिमाथि आधारित भएर मित्रतापूर्ण सम्बन्ध अगाडि बढाउन चाहन्छौं।'
प्रधानमन्त्री ओलीले इन्धनलगायत अत्यावश्यक वस्तुहरुको आपूर्ति व्यवस्थामा देखिएको समस्यालाई अविलम्ब समाधान गर्न सरकारले राजनीतिक र कूटनीतिक पहल आरम्भ गरिसकेको जानकारी दिँदै सम्बोधनमा यसतर्फ व्यावसायिक र जनस्तरबाट गरिने प्रयासहरुमा सरकारको सहयोग रहने प्रतिबद्धतासमेत गरे।
प्रधानमन्त्री ओलीले भूकम्पले बेघरबार भई कष्टकर जीवन बिताइरहेका पीडितलाई सुरक्षित आश्रयमा फर्काउने कामलाई मुख्य प्राथमिकतामा राखिने प्रतिबद्धता पनि जनाए।
प्रधानमन्त्री ओलीले आन्दोलन, यन्त्रणापूर्ण जेलजीवन र गम्भीर रोगसँग संघर्ष गर्दै प्राप्त जीवन जनताको नासो भएको समेत बताए।
'नेपाली जनता तथा माननीय सदस्यहरूको प्रेरणा, शुभकामना र ऊर्जा प्राप्त गरेर आज म मुलुकको कार्यकारी प्रमुखको यस जिम्मेवारीमा आइपुगेको छु,' उनले भने, 'आन्दोलन, यन्त्रणापूर्ण जेलजीवन र गम्भीर रोगसँग संघर्ष गर्दै प्राप्त भएको यो जीवन राष्ट्र र जनताको नासो हो भन्ने मेरो मान्यता छ।'
प्रधानमन्त्रीलाई बधाई
व्यवस्थापिका–संसद बैठकमा प्रधामन्त्री ओलीलाई विभिन्न राजनीतिक दलका नेताले बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको निर्वाचनमा प्रतिस्पर्धा भएकाले लोकतन्त्र बलियो भएको बताए। उनले प्रधानमन्त्री ओलीलाई सफलताको शुभकामना समेत दिए।
'निवर्तमान सरकारले संविधान संशोधन अघि बढाएको भए पनि प्रधानमन्त्रीकै पार्टीबाट संकोच व्यक्त भएको थियो,' उनले भने, 'अब सहज होला। उक्त विधेयक छिटो पारित गरियोस्।'
उनले प्रशासनमा राजनीतीकरण नगर्न पनि सुझाव दिए।
एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्रीमा ओली निर्वाचित भएपछि नाकाबन्दी पनि खुकुलो हुँदै गएको टिप्पणी गरे। उनले संसदमा रहेका सबै राजनीतिक दलका नेताले कुनै न कुनै बेला विभिन्न गल्ती गरेकाले समस्या आइरहेको बताए।
एमाओवादीका अग्नि सापकोटाले पनि बधाई तथा शुभकामना दिँदै सफलताको कामना गरेका थिए।
संसदमा रहेका मधेसी मोर्चा सम्बद्ध दलहरुबाहेक सबैले उनलाई बधाई तथा शुभकामना दिएका थिए।
सभामुख र उपसभामुख चयन आज
व्यवस्थापिका–संसदका सभामुख र उपसभामुख चयन आज हुने भएको छ।
संसदमा आज दिउँसो ३ बजे सभामुख र ५ बजे उपसभामुखको निर्वाचन हुनेछ। बिहान साढे ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ता गराउन सकिने संसद सचिवालयले जारी गरेको निर्वाचन कार्यतालिकामा उल्लेख छ।
सभामुखका लागि एमाओवादीतर्फबाट ओनसरी घर्तीलाई अघि सारिएको छ भने विपक्षी दलले शुक्रबार बिहानसम्म निर्णय गर्ने बताएका छन्।