काठमाडौं-उप राष्ट्रपति परमानन्द झाले कार्यालय सानो र अव्यस्थित भएको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग गुनासो गरेका छन्।प्रधानमन्त्रीमा निर्वाचित भएपछि उप राष्ट्रपतिलाई भेट्न बुधबार उनकै कार्यालय बहादुर भवन पुगेका ओलीलाई आफ्नो कार्यकक्षहरु घुमाउँदै उप राष्ट्रपति झाले त्यस्तो गुनासो गरेका हुन्।
'कार्यालय सानो र अव्यवस्थित भएको र कार्यालय र आवास छुट्टै भएको भन्दै उप राष्ट्रपति झाले प्रधानमन्त्रीज्युलाई जानकारी गराउनु भएको थियो,' उप राष्ट्रपति कार्यालय स्रोतले भन्यो, 'कार्यालय भवन र आवास फरक फरक ठाउमा भएकाकोमा उप राष्ट्रपतिले असन्तुष्ट हुनुहुन्छ।'
कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय रहेको बहादुर भवनमै उप राष्ट्रपतिको कार्यालय रहेको छ भने निवास लैनचौरमा भारतीय दुतावासको प्रवेशद्वारको आडमै छ। प्रधानमन्त्री ओलीले सरकारले राष्ट्रपति, उप राष्ट्रपतिसहित अन्य मात्रै नभएर संवैधानिक निकायका प्रमुखहरुको कार्यालय र आवास एकै स्थानमा सुविधान सम्पन्न होस भन्ने पक्षमा जानकारी गराएका थिए।