'पेट्रोल होइन, सास्ती दियो सरकारले'
२६ असोज २०७२
•
८ मिनेट पाठ
'पेट्रोल होइन, सास्ती दियो सरकारले'
काठमाडौं- सिन्धुपाल्चोक घर भई हाल राजधानीको शंखमूल बस्ने सुवर्ण लामिछानेले मंगलबार नयाँ बानेश्वरस्थित थ्री ब्रदर्स पेट्रोलपम्पमा पेट्रोल भर्न बिहान ८ बजे मोटरसाइकल लाइनमा राखे। उनी लाइन बस्दा पेट्रोल भर्नेको ताँती नयाँ बानेश्वरबाट शंखमूलतर्फ झन्डै ५ सय मिटर तल पुगिसकेको थियो। सात घन्टा कुरे तर उनले पेट्रोल भर्न पाएनन्।पम्पले आयल निगमबाट ६ हजार लिटर मात्र पेट्रोल आएको र त्यसले ६ सय मोटरसाइकल, २ सय कार तथा जिपलाई मात्र दिन पुग्ने पेट्रोल रहेको भन्दै लाइनमा अगाडिका ६ सय मोटरसाइकल र २ सय कार तथा जिपलाई तेल भर्ने कुपन दिउँसो ३ बजेतिर बाँड्यो।

बिहानै लाइन बसेर पनि तेल भर्न नपाएपछि लामिछानेले पम्पका कर्मचारीलाई 'बिहानै किन जानकारी नदिएको?' भन्दै आक्रोश पोखे। कर्मचारीले निगमबाटै ढिला जानकारी पाएलगत्तै कुपन बाँडिएको जबाफ दिए।

'बिहानै ६ सयभन्दा बढीले तेल पाउँदैन भनेको भए दिनभर लाइनमै बस्दैनथ्यौं नि,' उनले नागरिकसँग भने, 'भोकभोकै लाइनमा बसियो, अहिले आएर छैन भनेर फर्काए। सरकारले निजी सवारीलाई तेल दिन्छु भनेर झुक्यायो।'

लामिछाने मात्र होइन, त्यही पम्पमा उनीभन्दा अगाडिका करिब सय र पछाडि शंखमूल चोकसम्म लाइन बसेका करिब १४ सय मोटरसाइकल र केही कारले तेल भर्न पाएनन्।

नयाँ बानेश्वरमा मात्र होइन, मंगलबार उपत्यकाका सबै पेट्रोल पम्पमा लाइन बसेका अधिकांस रित्तो हात फर्कन बाध्य भए। सरकारले मागका आधारमा पेट्रोल निकै न्यून परिमाणमा पम्पमा पठाएका कारण लाइनमा बस्ने अधिकांश रित्तो हात फर्कनु पर्योा।

मैतीदेवीस्थित पम्पमा बिहानै मोटरसाइकल लाइनमा राखेका घट्टेकुलोका सुनिल गौतमले पनि दिनभर लाइन बसेर तेल पाएनन्। 'अघिल्लो राति नै लाइन बसेका केहीले पाँच लिटर पेट्रोल पाएछन्,' उनले नागरिकसँग भने, 'हामी त लाइन बस्नु मात्र भयो।'

मंगलबार पेट्रोल पाइने आसमा लाइन बसेका अधिकांशको एउटै गुनासो थियो, पम्पअनुसार तेलको कोटा तोक्ने सरकारले कति सवारीले पेट्रोल हाल्न पाउने सवारी संख्यासमेत तोक्नुपर्थ्यो। सरकारले सवारी संख्या नतोक्दा उपत्यकाका १ सय २५ वटै पेट्रोल पम्पमा तेल पाउनेभन्दा तीन गुणा धेरै सवारीको लाइन लागेकाले उपत्यकाभर मंगलबार सवारीको लाइन देखिएको थियो।

लाइन बसेका सबैजसो मंगलबारै तेल हाल्न पाउनेमा विश्वस्त थिए। तर, पेट्रोल वितरणका बेला संख्याको कुरा आएपछि लाइन बसेका अधिकांशले तेल दिन्छु भन्दै झुक्याएर दुःख दिएको भन्दै सरकारको आलोचना गरे।

पम्पमा उपलब्ध पेट्रोलभन्दा अत्यधिक सवारी लाइन बसेपछि कतिपय पम्पले कुपन बाँडेका थिए भने कतिपयले कुपन नै नबाँडी अगाडिका सवारीलाई मात्र पेट्रोल दिँदा विवाद नै भयो। कुपन बाँडेका पम्पमा समेत केही समय विवाद भएको थियो। लामो लाइनकै कारण पानीपोखरी, साँखुलगायत केही पम्पमा बेलुकी अबेरसम्म पेट्रोल पुगेकै थिएन।

सुकेधारास्थित पम्पमा रातिदेखि नै लाम बसेका चावहिलका भरत मैनाली सरकारसँग निकै आक्रोशित देखिए। 'यो सरकार पनि हुतिहारा रहेछ, जनतालाई ढाँटेर दिनसम्म दुःख दियो,' उनले नागरिकसँग भने, 'बिहानीले दिनको छनक दिन्छ भन्छन्, यो सरकारबाट हामीले कति दुःख पाउनुपर्ने हो?'

निगमले मागका आधारमा पेट्रोल दिन नसकिएको स्विकारेको छ। निगमका प्रवक्ता दीपक बरालका अनुसार मंगलबार उपत्यकामा ६ लाख लिटर पेट्रोल बाँडियो। मागका आधारमा यो परिमाण न्यून भएकाले लाइन बसेका सबैलाई पेट्रोल दिन नसकिएको उनले जनाए।

गत शनिबार गृह मन्त्रालय, वाणिज्य, सुरक्षा निकाय र निगमका पदाधिकारीको बैठकले एक दिन मंगलबार निजी सवारीलाई पेट्रोल दिने निर्णय गरेको थियो। पेट्रोल वितरण सहज पार्न गृहले सबै पम्पमा सुरक्षा व्यवस्थापन गरेको थियो।

गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले ३० लाख लिटर तेलको माग रहेकामा ६ लाख लिटर मात्र वितरण गर्न सकेकाले लाइन बस्ने सबैले तेल नपाएको बताए। 'मागअनुसार तेल दिन नसक्दा लाइन बस्नेले गुनासो गरेका हुन्,' उनले भने, 'लाइन बस्नेले दुःख नपाऊन् भनेर पम्पबाट वितरण हुने पेट्रोल पाउने सवारी संख्याबारे हामीले जानकारी गराएका थियौं। तर कतिपय पम्पमा सूचना नपुग्दा धेरैले दुःख पाएछन्।'

वितरणमा समस्या नआओस् भनेर सरकारले सबै उपाय अपनाएको उनले जानकारी दिए।

उनले अघिल्लै दिन तेल पाउने सवारीको संख्याबारे जानकारी गराउन नसकेको स्विकारे। 'यति धेरै सवारीको लाइन लाग्ने अनुमान थिएन,' उनले भने, 'लाइन लामो भएपछि हामीले पम्पको कोटाअनुसार तेल पाउने सवारी संख्याबारे जानकारी गरायौं।'

गृह प्रवक्ता ढकालले लाइन बसेकालाई समयमा नै जानकारी गराएको दाबी गरे पनि निजी सवारीधनीले भने समयमा नै जानकारी नदिएर दुःख दिनुका साथै झुक्याएको भन्दै आक्रोश पोखे।

त्रिपुरेश्वरमा लाइन बसेका कृष्ण पराजुलीले दिउँसो ३ बजेपछि मात्र संख्याबारे जानकारी दिइएको बताए। 'सुरुमै भनेको भए दिनभर दुःख त पाइँदैनथ्यो,' आक्रोशित उनले भने, 'बिनासित्तिमा तेल दिन्छु भनेर ढाँट्यो सरकारले।'

सामान्य स्थितिमा दैनिक ३ सयदेखि साढे ३ सय किलोलिटर पेट्रोल वितरण हुने काठमाडौंमा अहिले मुश्किलले ५० हजार लिटर मात्रै वितरण हुने गरेको छ। पेट्रोल आयात घटेपछि सरकारले निजीलाई पेट्रोल वितरण गर्न छाडेको थियो। तर, दसैंका लागि भन्दै मोटरसाइकललाई ५ लिटर र कार तथा जिपलाई १५ लिटर इन्धन उपलब्ध गराउने घोषणा गरेको थियो।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस