झापा–बिदाको दिन पनि तेल दिने वचन दिएर नेपाली ट्यांकर बोलाएको भारतीय आयल कर्पोरेशनले पूर्वी नाकामा वचन अनुसार तेल दिएको छ। आइतबार मात्रै काँकडभिट्टा नाका हुँदै १७ वटा इन्धनका ट्यांकर नेपाल भित्रेका छन्।'अब रोकावट नगरी तेल दिने वचन आएको छ', मेची पेट्रोलियम डिलर्स एशोशिएसनका अध्यक्ष लय भण्डारीले भने ' त्यसैले अब आशावादी छौं । हामीले खाली ट्यांकर अब लगातार पठाउनेछौं ।'
मेची भन्सार कार्यालयका अनुसार आइतबार विभिनन सामान बोकेका १ सय १० वटा साधन काँकडभिट्टा भित्रेका छन् ।
१४ वटा पेट्रोलका ट्यांकर र ३ वटा खाना पकाउने ग्याँसका बुलेट पनि नेपाल भित्रेका हुन्। अघिल्लो दिनसम्म आएका ट्यांकरहरु राजधानी पठाइए पनि आइतबार आएका सबै इन्धन मेची अञ्चलमै वितरण गरिनेछ । स्थानीय नेपाली प्रशासनका अनुसार आइतबार पनि पूर्वी कामा आवतजावत सहजै भएको छ । यसरी सहज रुपमा आवागमन हुन थालेको तीन दिन भएको छ ।