झापा— एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानन्त्रीमा निर्वाचित भएपछि उनको गृहजिल्ला झापामा खुशीयाली छाएको छ। खासगरी एमाले वृत्तमा खुशी साटासाट बिहानैदेखि शुरु भएको थियो। उनका बुबा र परिवार बस्दै आएको गाउँ पृथ्वीनगर र उनको कर्म क्षेत्र दमकमा खुशीयालीको माहोल छ।
'हाम्रो जिल्लाबासी प्रधानमन्त्री भएको खुशी एकातिर छ', एमाले झापाका अध्यक्ष चिन्तन पाठकले भने, 'त्यो भन्दा पनि बढी मुलुकको एक जना कर्मठ नेताको इतिहासले सम्मान गरेको छ। अवसर पनि दिएको छ। हामी यसमा बढी खुशी छौं।'
वि सं ००७ फागुन ११ गते तेह्रथुम जिल्लाको इवा गाउँमा जन्मेका उनी २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका हुन् । ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए। उनी २०२८ सालको झापा आन्दोलनको नेतृत्वकर्ता मध्ये एक हुन्। ओली तत्कालिन नेकपा (माले) को संस्थापक मध्येका एक हुन्। उनले लामो समयसम्म जेल जीवन विताएका थिए।
०४८, २०५१ र २०५६ का आम निर्वाचनमा झापा जिल्ला क्षेत्र नं. ६ बाट प्रतिनिधि सभामा निर्वाचित भएका ओली पहिलो संविधानसभामा झापा ७ बाट पराजित भएका थिए। उक्त चुनावमा व्यहोरेको हारले उनले त्यसबेला पार्टी नेतृत्वको अवसर पनि गुमाएका थिए।
२०४९ सालमा नेकपा (एमाले)को स्थायी कमिटी सदस्य भएका उनी २०७०मा पार्टीको अध्यक्ष निर्वाचित भएका हुन्। दोश्रो संविधानसभा निर्वाचन २०७० मा उनी झापा क्षेत्र नं ७ बाट नेकपा एमालेको तर्फबाट निर्र्वािचत भएका हुन्।