जिल्ला समन्वय समिति सुर्खेतको प्रमुखमा नेकपा एमालेका गंगाराम सुनार निर्वाचित भएका छन्। शुक्रबार भएको निर्वाचनमा एमाले-माओवादी केन्द्रबीच भएको गठबन्धनबाट सुनार विजयी भएका हुन्।
१८ मत मत रहेको सुर्खेतमा सुनारले १० मत प्राप्त गरि विजयी भएका हुन् भने, नेपाली काँग्रेसबाट प्रमुखमा उम्मेदवार दिएका दिलिपकुमार वाग्लेले ८ मत पाएका थिए। उपप्रमुखमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार सचिनकुमार बडुवाल निर्वाचित भएका छन्।
त्यस्तै सदस्यहरुमा एमालेबाट डिल्लीप्रसाद पाण्डे, पृथ्वीबहादुर बुढाक्षेत्री, चन्द्राकुमारी धामी, मिना मल्ल, सावित्रा टोमटो निर्वाचित भए। माओवादी केन्द्रबाट शान्ति ताराम र तलराम नेपाली निर्वाचित भएका छन्। सुर्खेतमा समाजवादीबाट मत थिएन्। काँग्रेस एकल रुपमा चुनावमा उठेको थियो।