काठमाडौं- ऐतिहासिक संविधानसभाले संविधान जारी गरेको १७ दिनमै यसमा संशोधन आवश्यक रहेको भन्दै संविधानसभा सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरिएको छ। आन्दोलनरत पक्षका माग सम्बोधन गर्न भन्दै सरकारले 'नेपालको संविधान' संशोधन विधेयक दर्ता गरेको हो। सिंहदरबारस्थित व्यवस्थापिका–संसद सचिवालय मा कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्यका तर्फबाट संशोधन प्रस्ताव दर्ता गरिएको छ।संशोधन प्रस्तावमा धारा ४२ , ८४ र २८६ मा हेरफेर गर्नुपर्ने उल्लेख छ। यी धारामा समानुपातिक समावेशी सिद्धान्त र निर्वाचन क्षेत्र निर्धारण सम्बन्धी व्यवस्था गरिएको छ।
आन्दोलनकारीको मुख्य माग सीमांकनबारे भने संशोधन प्रस्ताव अघि सारिएको छैन। तराई–मधेसमा आन्दोलनरत मधेसकेन्द्रित दल तथा पश्चिम तराईमा आन्दोलनरत थारु समुदायले सरकारले अघि सारेको सात प्रदेशको संख्या र सीमामा आपत्ति जनाउँदै आएका छन्।
संविधानको धारा ४२ मा रहेको 'समावेशी सिद्धान्तका आधारमा' भन्ने बेहोराको सट्टा 'समानुपातिक समावेशी सिद्धान्तका आधारमा' भन्ने बेहोरा राख्ने प्रस्ताव छ।
धारा ८४ को उपधारा (१) को खण्ड (क) मा रहेका 'भूगोल र जनसंख्याका आधारमा' भन्ने बेहोरा संशोधन गरी 'जनसंख्या र भौगोलिक अनुकूलता तथा विशिष्टताका आधारमा' भन्ने राख्नुपर्ने प्रस्तावमा उल्लेख छ।
त्यसैगरी, संविधानको धारा २८६ को उपधारा ५ मा रहेका शब्दको सट्टा'निर्वाचन क्षेत्र निर्धारण आयोगले यस धाराबमोजिम निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसंख्या र भूगोललाई प्रतिनिधित्वका आधार मानी देहायबमोजिम गर्नेछ, (क) मुख्य रुपमा जनसंख्यालाई आधार मानी जनसंख्या र सदस्य संख्याको अनुपात यथासम्भव समान हुने गरी, (ख) खण्ड (क) बमोजिम निर्वाचन क्षेत्र निर्धारण गर्दा यो संविधान प्रारम्भ हुँदाका बखत कायम रहेका जिल्लामा कम्तीमा एक निर्वाचन क्षेत्र रहने गरी,' उल्लेख छ।
सोही धाराको उपधारा (६) मा 'निर्वाचन क्षेत्र निर्धारण गर्दा' भन्ने शब्दावलीपछि 'जनसंख्या र भौगोलिक अनुकूलता' भन्ने शब्द थपिएका छन्।
प्रधानमन्त्री सुशील कोइरालाले भदौ २७ गते संविधानसभा बैठकमा गरेको सम्बोधन र आन्दोलनरत पक्षले उठाएका केही माग सम्बोधन हुनेगरी सरकारले संशोधन प्रस्ताव दर्ता गराएको कानुनमन्त्री आचार्यले जानकारी दिए।
'आन्दोलनरत पक्षको माग पनि सम्बोधन हुने गरी हामीले संशोधन प्रस्ताव दर्ता गराएका हौं,' उनले नागरिकसँग भने, 'भदौ २७ गते प्रधानमन्त्री सुशील कोइरालाले अन्य दलसँग छलफल गरी संविधानसभामा राखेका विषय पनि सम्बोधन हुने गरी प्रस्ताव दर्ता गराएका हौं।'
मन्त्री आचार्यले आन्दोलनरत पक्षसँग पनि छलफल गरेर संशोधन प्रस्ताव दर्ता गराएको जानकारी दिए। 'उहाँहरुलाई पनि यो कुरा सुनाएका छौं,' आचार्यले भने, 'उहाँहरुका कुराहरु पनि परेका छन्।'
संशोधन प्रस्तावमा 'निर्वाचन क्षेत्र निर्धारणमा जनसंख्यालाई मूल आधार बनाउने तर प्रत्येक जिल्लामा एक निर्वाचन क्षेत्र नघट्ने' उल्लेख छ।
त्यसैगरी समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिता हुन पाउने व्यवस्था पनि संशोधन प्रस्तावमा छ।
'नेपालको संविधानमा सामाजिक न्यायको हकमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा सामाजिक रुपले पछाडि परेका महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, अल्पसंख्यक, अपांगता भएका व्यक्ति, सिमान्तीकृत, मुस्लिम, पिछडावर्ग, लैंगिक तथा यौनिक अल्पसंख्यक, युवा, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिक रुपले विपन्न खस आर्यलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यको निकायमा सहभागिता हुन पाउने व्यवस्था गर्न तथा प्रतिनिधिसभामा रहने सदस्यको निर्वाचन निर्वाचन क्षेत्र, जनसंख्या र भौगोलिक अनुकूलता तथा विशिष्टताका आधारमा कायम गर्ने र निर्वाचन क्षेत्र निर्धारण आयोगले निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसंख्या र भूगोललाई प्रतिनिधित्वको आधार मानी जनसंख्या र सदस्य संख्याको अनुपात यथासम्भव समान हुने र नेपालको संविधान प्रारम्भ हुँदाका बखत कायम रहेका जिल्लामा कम्तीमा एक निर्वाचन क्षेत्र रहने गरी निर्वाचन क्षेत्र निर्धारण गर्ने व्यवस्था गर्ने प्रयोजनका लागि संविधानको यो संशोधन विधेयक पेस गरेको छु,' कानुनमन्त्री आचार्यले संशोधन प्रस्तावको उद्देश्य र कारण खुलाउँदै भनेका छन्।