झापा– दुई दिनभित्र ३५ ट्यांकर इन्धन पठाएर पूर्वी नाका केही खुकुलो पारेको सन्देश दिएको भारतीय पक्षले फेरि कडाई थालेको छ। इन्डियन आययल कर्पाोरेशनका अधिकारीहरुले नेपाली पक्षलाई अब ज्यादै कम्ती र नियन्त्रित रुपमा मात्रै तेल दिन सकिने बताएर थप कडाईको प्रष्ट संकेत गरेको हो ।
'अब तपाइँहरुलाई जति गाडी आयो, त्यत्तिमै तेल भर्न सकिँदैन', कर्पोरेशनका सिलिगुढीस्थित अधिकारीहरुको भनाई उद्धृत गर्दै मेची पेट्रोलियम डिलर्स एशोशिएनका अध्यक्ष लयप्रसाद भण्डारीले भने, 'अब जति गाडी आउँछ, त्यसको १० प्रतिशतमा मात्रै तेल भरिदिन माथिको आदेश छ।' अध्यक्ष भण्डारीका अनुसार अब नेपालका ३० वटा ट्यांकर गए जम्मा १० वटामा मात्रै इन्धन भरिदिने भारतीय पक्षको भनाई छ। 'यसले अब पूर्वी नाकामा झन् कडाई हुने संकेत गर्छ', उनले भने 'यसले पेट्रोलियमको अभाव झन् बढ्न सक्छ ।' मंगलबार रातिसम्ममा र बुधबार बिहान गरी जम्मा ३५ ट्यांकर इन्धन काँकडभिट्टा नाकाबाट भित्रिएको छ । त्यसमध्ये १ ट्यांकर मट्टितेल, १३ ट्यांकर पेट्रोल र २१ ट्यांकर डिजेल आएको छ । तीन दिन भित्र ६ ट्यांकर खाना पकाउने ग्याँस पनि आएको छ । तर, अब यत्ति नै परिमाणमा इन्धन आउन समस्या हुने देखिएको छ ।
काँकडभिट्टा नाका हुँदै आएको इन्धनमध्ये नेपाल आयल निगमले झापाका लागि डिजेल २सय ४० किलोलिटर, पेट्रोल ८३ किलोलिटर, इलाममा डिजेल २१ किलोलिटर, पेट्रोल ९ किलोलिटर, पाँचथरलाई डिजेल ६ किलोलिटर र पेट्रोल १२ किलोलिटर तथा ताप्लेजुङ डिजेल ६ किलोलिटर पठाइएको छ । ाबँकी ११ ट्यांकर विराटनगर हुँदै काठमाडौं जानेछ । यी सबै जिल्लामा बाँडिएका इन्धनले दुई दिन पनि नधान्ने निगमको भनाई छ ।
धर्ना र अवरोध बेगरै पनि कडाई गरेर पूर्वी नाका ठप्प पारेको भारतीय पक्षले मंगलबारदेखि नाका केही खुकुलो पारेको थियो । अन्य सबै सामान पठाइरहे पनि इन्धन आउन पूरै रोक लागेको काँकडभिट्टा नाकाबाट बल्ल इन्धन भित्रिन थालेका थिए । तर, अब नियन्त्रित रुपमा मात्रै तेल भर्ने बताएको भारतीय आयल कर्पोरेशनको भनाईले फेरि अभाव चर्किने पक्का भएको छ । झापामा बुधबार सर्वसाधारणले थोरै भए पनि पेट्रोल पाएका छन् । आयल निगमका अनुसार स्थानीय प्रशासनको निर्देशनमा पम्पहरुले लामो दुरी र छोटो दुरीका साधन छुट्याएर इन्धन दिएको छ । लामो दुरीका लागि १ सय लिटर, छोटोका लागि ५० र २० लिटर दिएको निगमले बाइकहरुलाई ५ लिटरको दरले इन्धन बाँडेको छ । पेट्रोलियम डिलर्स एशोशिएसनका अनुसार झापामा वितरित डिजेल बुधबारै सकिएको छ। पेट्रोलले बिहीबार बिहानभरीमा सकिने उसको भनाई छ ।