काठमाडाैं-थरुहट थारुवान संयुक्त संघर्ष समितिले प्रारम्भिक २१ बुँदे बटमलाइन अघि सारेको छ। थारु कल्याणकारिणी सभामा जारी कार्यदलको बैठकमा सीमांकनलगायत २१ बुँदे मागमा छलफल भइरहेका स्रोतले जनाएको छ।सीमांकन गर्दा पहिचानका ५ र सामथ्र्यका ४ आधारमा पश्चिम कञ्चनपुरदेखि चितवनसम्म एउटा स्वायत्त प्रदेश, पर्सा, मकवानपुरदेखि धनुषासम्म दोस्रो स्वायत्त प्रदेश र सिराहादेखि उदयपुरसहित झापासम्म तेस्रो स्वायत्त प्रदेश बनाउनुपर्ने उल्लेख छ। त्यसो नभए को सीमांकन कञ्चनपुरदेखि चितवनसम्म एउटा र पर्सादेखि झापासम्म दोस्रो स्वायत्त प्रदेश बनाउनुपर्ने माग अघि सारेको छ।
त्यस्तै रोजकारीको हक, समाजिक न्यायको हक, सूचनाको हकलगायतका धारा संसोधन हुनुपर्ने माग अघि सारेको छ। त्यस्तै धारा १६८ को उपधारा ९ मा प्रदेश मन्त्रिपरिषद गठन गर्दा समानुपातिक समावेसी अनुसार मुख्य मन्त्रीसहित अन्य मन्त्रीहरु नियुक्ति गर्ने माग बटमलाइनमा उल्लेख छ।
संर्घष समितिले पहिचानका ५ र सामथ्र्यका ४ आधारमा प्रदेशको सिमांकन गर्नुपर्ने,पश्चिम कञ्चनपुर, कैलाली हुँदै सुर्खेतको थारु बसोबास रहेको गाविस, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी, चितवन, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाहा, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ, उदयपुर र झापासम्मको भूगोल समेटेर तराईमा प्रदेश बनाउनु पर्ने माग गरेकाे छ।
यसरी प्रदेश बनाउदा पश्चिम कञ्चनपुरदेखि चितवनसम्म एउटा स्वायत्त प्रदेश, पर्सा, मकवानपुरदेखि धनुषासम्म दोश्रो स्वायत्त प्रदेश र सिराहादेखि उदयपुर सहित झापासम्म तेश्रो स्वायत्त प्रदेशको सिमांकन गरिनुपर्ने उसकाे माग छ। यसैगरी
मस्यौदा संविधानको धारा ३३ को "रोजगारीको हक" मा उपधारा (३) थप गरी "(३) राज्यको सबै संयन्त्रको प्रत्येक तहमा संघीय र प्रदेशको जातिय जनसंख्याको आधारमा पूर्ण समानुपातिक समावेसी रोजगारीको हककाे व्यवस्था गर्नुपर्ने, महिला तथा अपांगहरुको लागि स्वजातिय समुहबाट रोजगारीको हक हुनेछ भनी व्यवस्था गर्नुपर्ने माग अगाडि सारेकाे छ।
संर्घष समितिले संविधानकाे धारा ४२ को सामाजिक न्यायको हकको उपधारा (५) सशस्त्र संघर्ष पछि "थरुहट/थारुवान आन्दोलन, मधेस आन्दोलन थप गर्ने व्यवस्था हुनुपर्ने लगायका माग रहेका छन्।